नेकपाका प्रवक्ता प्रकाण्डलाई फेरि ३ दिन म्याद थप

नेकपाका प्रवक्ता प्रकाण्डलाई फेरि ३ दिन म्याद थप

  • बुधबार, भदौ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.8K
    SHARES

१३ भदौ, नुवाकोट ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई जिल्ला अदालत नुवाकोटले ३ दिन म्याद गरेको छ ।

भदौ ७ गर्ते सर्वोच्चको आदेशमा रिहा भएलगत्तै अदालत परिसरबाट गिरफरतार गरी नुवाकोट सदरमुकाम विदुरस्थित जिप्रका हिरासतमा राखिएका प्रवक्ता प्रकाण्डलाई जिप्रका विदुर नुवाकोटले थप अनुसन्धानका लागि भन्दै म्याद थपको अनुमति मागसहित जिल्ला अदालतमा आज बुधबार उपस्थित गराएको थियो ।

जसमा माग गरेबमोजिम नदिई अदालतले जम्मा ३ दिन मात्र म्याद गरेर अनुसन्धान गर्न अनुमति दिएको हो । गत आइतबार ३ दिन थप गरेको म्याद हिजोबाट सकिएको थियो ।

गत साउन २२ गते पार्टीको कामको सिलसिलामा हेटौडाबाट काठमाडौं आउँदै काठमाडौंको टौदहनजिक चाल्नाखेलबाट गिरफ्तार गरिएका प्रवक्ता प्रकाण्डलाई भदौ १ र ७ गते गरी दुई पटक रिहाईको आदेशमा थुनामुक्त भएपनि सरकारले पुनः गिरफ्तार गर्दै विभिन्न अभियोगमा फरकफरक जिल्ला पुर्याएर प्रहरी हिरासतमा राख्दै आएको छ ।

तेस्रोपटक दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि गत आइतबार सर्वोच्च अदालतले बाटोको म्यादबाहेक २४ घण्टाभित्र प्रकाण्डलाई गिरफ्तारको गर्नुको लिखित कारण पेश गर्न सरकारको नाममा आदेश दिएपनि सरकारले उक्त आदेशको पालना गरेको छैन । रिट प्रकाण्डका भाई विरेन्द्र विकले भदौ ८ गते दर्ता गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ