विमस्टेको एजेन्डा तय गर्न बसेका मन्त्रीस्तरीय बैठक जारी

विमस्टेको एजेन्डा तय गर्न बसेका मन्त्रीस्तरीय बैठक जारी

  • बुधबार, भदौ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, भदौ १३ ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलनको मन्त्रीस्तरीय बैठक काठमाडौंमा सुरु जारी छ ।
काठमाडौंस्थित होटल सोल्टीमा जारी बैठकमा विमस्टेक सदस्य राष्ट्रका विदेश सचिवको बैठकले अन्तिम रुप दिएको समझदारी पत्र अनुमोदन गरिनेछ ।

शिखर सम्मेलनले अनुमोदन गर्ने विद्युत लाईन प्रशारणको अन्तरदेशीय मार्ग बिमस्टेक ग्रिड ईन्टरकनेक्सनको समझदारीपत्रमा सातै देशका विदेशमन्त्रीले थप छलफल पछि हस्ताक्षर गर्नेछन् ।

क्षेत्रीय लगानी, व्यापार, पारवहन तथा सञ्चार, प्रविधि, प्रति आतंकवाद तथा अन्तरदेशीय अपराध, कृषि, गरिबी निवारण र जनस्वास्थ्य गरी १४ मध्ये ७ विषयलाई प्राथमिकतामा राखेर छलफल अगाडि बढाईएको छ ।

छलफलका लागि सदस्य राष्ट्रका विदेशमन्त्री काठमाडौं आईसकेका छन् । सचिवस्तरीय बैठकले प्रशासनिक तथा आर्थिक विषयमा भएका छलफलका एजेण्डा समेत मन्त्रिस्तरीय बैठकमा पेश गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ