विमस्टेको एजेन्डा तय गर्न आज मन्त्रीस्तरीय बैठक बस्दै

विमस्टेको एजेन्डा तय गर्न आज मन्त्रीस्तरीय बैठक बस्दै

  • बुधबार, भदौ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं, भदौ १३ ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन अगाडि आज परराष्ट्र मन्त्रीस्तरीय बैठक बस्दै छ ।

बिम्स्टेकको चौथो शिखर सम्मेलन भोली र पर्सी काठमाडौंमा हुँदै छ । आज बस्ने मन्त्रीस्तरीय बैठकमा सम्मेलनका एजेण्डामाथि छलफल हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकमा सबै सदस्य देशका परराष्ट्र र विदेशमन्त्रीको सहभागिता रहेको छ । बैठकको सुरुमा बैठकको अध्यक्षता चयन र बैठकका एजेण्डाहरुलाई अंगिकार गर्दै सुरु हुने छ । आजको बैठकमा नेपालसहित सबै सदस्य राष्ट्रका सहभागि डेलिगेट्सहरु (मन्त्री)हरुले आफ्नो धारणा राख्ने कार्यक्रम छ ।

त्यस्तै बैठकमा विम्स्टेकका महासचिवले आफ्नो प्रतिवेदन पेश गर्नु हुनेछ । नेपालको तर्फबाट विम्स्टेकको चौथो शिखर सम्मेलनको तयारीका विषयमा परराष्ट्रमन्त्री ज्ञवालीले व्रिफिङ गर्नु हुनेछ । लगत्तै हिजो सम्पन्न सचिवस्तरीय बैठकले तयार पारेको मस्यौदालाई प्रस्तुत गरिनेछ ।

बैठकले विम्स्टेक महासभा र समझदारीपत्रलाई हस्ताक्षरका लागि अन्तिम रुप दिने छ । साथै आजको बैठकले चौथो विम्स्टेक शिखर सम्मेलनका क्रममा जारी हुने काठमाडौं घोषणापत्रलाई अन्तिम रुप दिने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले विम्स्टेकको अघिल्ला मन्त्रिस्तरीय बैठकका प्रतिवेदनलाई अंगिकार गर्ने छ भने विम्स्टेकको आगामी मन्त्रिस्तरीय बैठकका लागि अध्यक्षता हस्तान्तरण गर्ने छ ।

यस्तै भोलीबाट सुरु हुने विम्स्टेक शिखर सम्मेलनको व्यवस्थापकीयदेखि लिएर सबै तयारी पुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ