गिरफ्तारी, यातना र दमनले क्रान्ति रोकिँदैन, बरु जागरुक र उर्बर बनाउँछः विप्लव

गिरफ्तारी, यातना र दमनले क्रान्ति रोकिँदैन, बरु जागरुक र उर्बर बनाउँछः विप्लव

  • मङ्लबार, भदौ १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 26.7K
    SHARES

 

 

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आफ्नो पार्टीविरुद्ध सरकारले चलाएको दमन, गिरफ्तारी र दमनले क्रान्ति नरोकिने बताएका छन् ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले दिनहुँ नेकपा र तिनका नेता कार्यकर्तामाथि दमन र गिरफ्तार गरी झुठा मुद्दामा फसाउने हर्कत र षडयन्त्रलाई तीव्र पारेकोप्रति आक्रोश व्यक्त गर्दै सबैखाले हर्कत तुरुन्त बन्द गर्न सरकारसँग माग गरेका छन् ।

साथै उनले सरकारले गठनको गरेको वार्ता टोली र प्रस्तावलाई मंगलबार गरेको नेकपाकी पोलिटब्यूरो सदस्य (पीबीएम) उमा भुजेल ‘शिलु’को बिनाकारण गिरफ्तारीले खारेज गरेको भन्दै ‘वार्ता प्रस्ताव’लाई नाटकको संज्ञा दिएका छन् । सरकारले गरेको वार्ता आह्वानमा फासीवादी रवैया निहीत रहेको बताउँदै वार्ता आह्वानलाई ‘मिठाइको लेपन लगाएको विषको चक्की’ जारी विज्ञप्तिमा भनिएको छ ।

महासचिव विप्लवले ‘केपी सरकारले हाम्रो पार्टीका नेता÷कार्यकर्तालाई गिरफ्तार गरेर क्रान्ति रोकिन्छ भन्ने नेपालका पुरानै शासन र प्रशासकहरुको सोचाई राखेको होला, गिरफ्तारी, दमन र यातनाले क्रान्ति रोकिँदैन । बरु त्यसले झ उर्बर बनाउँछ’ प्रष्ट पारेका छन् । पीबीएम भुजेलको गिरफ्तारीको भत्सर्ना गरेका छन् । पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता प्रकाण्ड, पीबीएमहरु शिलु, पदम राई, ओमप्रकाश पुन, कृष्ण धमला, मोहन कार्कीलगायत सम्पूर्ण बन्दीहरुकोको निसर्त तत्काल रिहा गर्न जोडदार माग गरेका छन् ।

भुजेल नेकपाको जनप्रतिनिधि सभाकी समाभुख समेत हुन् ।

सरकार र त्यसमा बस्ने मान्छे र संसदीय व्यवास्थाका पार्टीहरुको हकर्तको भण्डाफोर गर्न वकिल, पत्रकार, मानव अधिकारलगायतसँग अपिल गरेका छन् । ‘क्रान्तिलाई केन्द्रविन्दुमा राखेर वैज्ञानिक समाजवाद स्थापनाको उद्देश्यमा नेकपा दृढ रहेको’ कुरा विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

हेर्नुस् विज्ञप्ति

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ