नेकपाकी पोलिटब्यूरो सदस्य भुजेल गिरफ्तार

नेकपाकी पोलिटब्यूरो सदस्य भुजेल गिरफ्तार

पोलिटब्यूरो सदस्य मात्रै पाँच पुग्यो

  • मङ्लबार, भदौ १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

१२ भदौ, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य उमा भुजेल ‘शिलु’लाई प्रहरीले मंगलबार गिरफ्तार गरेको छ ।

भुजेललाई काठमाडौंको वनस्थलीमा रहेको उनकै डेराबाट पक्राउ गरिएको नेकपाले जनाएको छ । सादा पोसाकमा रहेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले बिहानै भुजेललाई पक्राउ गरी प्राइभेट गाडीमा राखेर लगेको परिवारिक स्रोतले जनाएको छ ।

साउन २२ गते नेकपा प्रवक्ता प्रकाण्ड गिरफ्तारपछि उच्च तहका नेता शिलुलाई गिरफ्तार गरेको हो । हप्ता दिन पनि उनी गिरफ्तार परेको हल्ला फिजाइएको थियो । तर उनलाई आजै मात्र गिरफ्तार गरिएको जनाइएको हो । आजै उनलाई आगजनीको अभियोगमा काभ्रे सदरमुकाम धुलिखेल लगिएको छ ।

शिलुसहित नेकपाका पाँच जना पोलिटब्यूरो सदस्य सरकारको नियन्त्रणमा परेका छन् । यसअघि पदम राई ‘विकास’, ओमप्रकाश पुन, कृष्ण धमला ‘गम्भीर’ र मोहन कार्की ‘जीवन्त’ फरकफरक मिति र स्थानबाट गिरफ्तार भई हिरासतमा छन् ।

काठमाडौंको नागढुंगाबाट गिरफ्तार गरी करिब ३० घण्टा बेपत्ता बनाई कार्की र धमला आगजनी अभियोगमा अनुसन्धानका लागि भन्दै काभ्रे जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । शिलुलाई पनि त्यही पुर्याइएको छ । शिलु पहिलो संविधानसभामा सभासद थिइन् । हाल उनी नेकपाको जनप्रनिधिसभाकी अध्यक्ष समेत हुन् ।

त्यस्तै राईलाई असारमा काठमाडौंबाट गिरफ्तार गरी मोरङ, भोजपुर हुँदै संखुवासभा लगिएको छ भने पुनलाई काठमाडौंबाट गिरफ्तार गरी बर्दिया, कैलाली, हुँदै बाँके पुर्याइएको छ ।

त्यस्तै सरकारले नेकपाका केन्द्रीय सदस्यहरु देवनारायण साह, किरण राई, दिपेश राई, टेकबहादुर केसी ‘आजाद’ लाई गिरफ्तार विभिन्न अभियोगमा करिब अढाई महिनादेखि प्रहरी हिरासतमा राखिराखेको छ । सरकारले चौतर्फी आलोचना र विरोध बाबजुदपनि नेकपामाथि दमन र नेताकार्यकर्ताको गिरफ्तार क्रमलाई तीव्रता दिएको छ ।

उता नेकपाले पनि दमन, गिरफ्तार र झुठा मुद्दा बन्द गर्न र राजनीतिक अधिकार हनन नगर्न सरकारसँग चेतावनी दिँदै आएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ