चीनबाट काठमाडौं आउने रेलको अन्तिम स्टेशन टोखामा हुने !

चीनबाट काठमाडौं आउने रेलको अन्तिम स्टेशन टोखामा हुने !

  • सोमवार, भदौ ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं। भदौ पहिलो साता चीनको सियान सहरमा नेपाल(चीन सीमापार रेल आयोजना पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका सन्दर्भमा नेपाली र चिनियाँ अधिकारीहरुबीच छलफल भएको छ ।

नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधु सुदन अधिकारीको नेतृत्वमा गएको उच्चस्तरीय टोलीले चिनीयाँ पक्षबाट राष्ट्रिय रेल प्रशासनका उप(प्रशासकको नेतृत्वको सरोकारवालाहरुको टोलीसँग छलफल गरेको मन्त्रालयले जानकारी गराएको छ ।

परियोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार नेपालको सीमा रसुवागढीदेखि काठमाडौंसम्मको लम्बाई करिब ७२ किलोमिटर हुने यस रेलमार्गको अधिकांश भाग सुरुङ्ग र केही अग्ला पुलहरु हुँदै काठमाडौंको टोखामा अन्तिम स्टेशन हुनेछ ।

यस प्रतिवेदनमा दुवै पक्षबाट दिइएका सुझावहरु समेटेर केही दिनभित्रै चिनियाँ डिजाइन परामर्शदाताले अन्तिम प्रतिवेदन बुझाउने जनाइएको छ । तत्पश्चात् दुवै सरकारको सहमतिमा परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन हुने मन्त्रालयले जनाएको  छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ