नेकपा चितवनका जिल्ला नेता चिराग गिरफ्तार

नेकपा चितवनका जिल्ला नेता चिराग गिरफ्तार

  • आइतवार, भदौ १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

१० भदौ, चितवन ।

नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला पार्टी सदस्य कमल पनेरु चिरागलाई प्रहरीले गिरफतार गरेको छ ।

पनेरु बिरामी परेर घरैमा सुतिरहेका थिए । बिरामी अवस्थामै रत्ननगर नगरपालिका–१० स्थित घरैबाट आइतबार बिहान पक्राउ गरिएको हो । गिरफ्तारको पुष्टि नेकपा चितवनले गरिसकेको छ ।

बिरामी अवस्थका मान्छेलाई राजनीतिक आस्थाकै आधार प्रहरीले विनाकारण गिरफ्तार गरेको जनाउँदै नेकपा चितवनले आपत्ति जनाएको छ ।

गिरप्तारको घोर भत्र्सना गर्दै चिरागलाई तत्काल निसर्त रिहा गर्न नेकपा चितवनले माग गरेको छ । नेकपा चितवनका सेक्रेटरी ध्रुव खडकाले आफ्नो पार्टीसम्वद्ध व्यक्तिलाई आस्थाकै आधारमा प्रशासनले दुःख दिन नछाडेको भन्दै उक्त रवैया बन्द सरकारसँग माग गरे ।

चिरागलाई तत्काल रिहा गर्न गरेका छन् । रिहाई नगरिए कडा आन्दोलनका कार्यक्रम घोषणा गर्न नेकपा चितवन बाध्य हुने चेतावनी समेत दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ