प्रकाण्डलाई पटकपटक गिरफ्तार गर्नु सरकारको पञ्चायती शैली: डा. भट्टराई

प्रकाण्डलाई पटकपटक गिरफ्तार गर्नु सरकारको पञ्चायती शैली: डा. भट्टराई

  • आइतवार, भदौ १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

१० भदौ, काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं सांसद डाक्टर बाबुराम भट्टराईले सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई गिरफ्तार गरेर पञ्चायती चरित्र देखाएको बताएका छन् ।

आइतबारको संसदमा विशेष समय लिएर बोल्दै सांसद डा. भट्टराईले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पटकपटक पक्राउ गरेर सरकारले पञ्चायतकालीन व्यवहार गरेको बताएका हुन् । उनले गिरफ्तारप्रति असन्तुष्टी जनाए छ ।

‘उनीहरुले उठाएका मुद्दा सही छन् । उनीहरुको बाटो मन सरकारलाई मन नपर्न सक्छ, तर उठाउन पाउनु उनीहरुको अधिकार हो’ भट्टराईले भने ।

विप्लव–प्रकाण्डलगायत सबै नेता कार्यकर्तासँग सरकारले राजनीतिक शक्तिको रुपमा लिएर व्यवहार गर्नुपर्ने धारणा उनले संसदमा राखे । अदालतले रिहा आदेश दिएपछि पनि पटपकटक प्रक्राउ गर्दा पञ्चालतकालको झल्को आएको उनको भनाई थियो ।

पञ्चायतकालमा दुःख व्यहोरेर आएका हामीले पञ्चायती शैलीमा व्यवहार गर्नु अपाच्य हुने बताउँदै नेकपासँग राजनीतिक व्यवहार गर्न आग्रह गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ