कांग्रेस नेतृत्व असक्षम छ भन्ने थप पुष्टी भयो, महासमितिको बैठक सार्ने निर्णय गलतः सिंह

कांग्रेस नेतृत्व असक्षम छ भन्ने थप पुष्टी भयो, महासमितिको बैठक सार्ने निर्णय गलतः सिंह

  • आइतवार, भदौ १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.9K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महासमितिको बैठक पूर्वघोषित मितिभन्दा तीन महिना पछि सार्ने निर्णय गलत भएको बताएका छन् । यसबाट पार्टी नेतृत्व असक्षम छ भन्ने थप पुष्टि भएको उनले बताए ।

कांग्रेसको केन्द्रीय समितिको शनिबारको बैठकले भदौमा हुने भनिएको महासमिति बैठक मंसिरमा गर्ने निर्णय गरेको थियो । यसअघि सभापति शेरबहादुर देउवाले नै भदौमा महासमिति बैठक गराउने घोषणा गरेका थिए । आइतबार स्व मंगलादेबि सिह काे २२ अाै स्मृति दिवसकाे अवसमा साेभाभवतिमा अायाेजित माल्यारपण कार्यक्रममा मा पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले भने, ‘हिजोको निर्णयबाट विगतमा कांग्रेसको जुन छवि थियो, त्यो छविमा ह्रास आएको छ ।

यसबाट लिडरसीपमा पार्टीलाई सहमतिका साथ, समझदारीका साथ अगाडि बढाउन नसक्ने कमजोरी भएको स्पष्ट हुन्छ ।’ उनले अगाडि भने, ‘डेट दिने र त्यसलाई सार्दै काम भयो । वर्तमान कांग्रेसको नेतृत्व सम्हालेका पार्टी सभापति लगायतका नेताहरुबाट कांग्रेसको विगतको इतिहासमा कहिल्यै नभएको कुराहरु भयो । यसलाई विशेषरुपमा नेतृत्वकै कमजोरीको रुपमा हामी लिन्छौं ।’

उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले महासमिति बैठकको मिति सार्ने बहुमतको निर्णयलाई भने आफूहरुले स्वीकारेको बताए । तर, यस्ता निर्णयको जनताले मूल्यांकन गरिरहेको उनले बताए । उनले भने, ‘डेमोक्रेटिक पार्टी हो, बहुमतको डिसिजनलाई हामी मान्छौं । तर पब्लिकले पनि त जजमेन्ट गरिरहेको हुन्छ नि त । आम जनताले के भनिरहेको छ त भन्दाखेरि कांग्रेस, पहिलाको कांग्रेस रहेन अब ।’

उनले कांग्रेसलाई सुधार्न पार्टीभित्र ठूलै अभियान सुरु भइसकेको दाबीसमेत गरे । त्यसको प्रतिफल छिट्टै आउने पनि उनले बताए । कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले भने, ‘पार्टीलाई विधिसम्मत चलाउनका लागि पार्टीभित्र ठूलै अभियान अगाडि बढिसकेको छ । आउँदा दिनमा सबैले त्यसको प्रतिफल देख्नुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ