८ भदौ, काठमाडौं । शुक्रवार बस्ने भनिएकाे नेपाली कांग्रेससको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ ।
अन्तिम समयमा आएर एजेन्डा नै तय नभएको भन्दै स्थगित गरिएको हो ।बैठकका एजेण्डा तय गर्न शुक्रबार बसेको शीर्ष नेताहरुको बैठक ढिलासम्म चलेको थियो । तर, एजेण्डाबारे नेताहरु निश्कर्षमा पुग्न नसकेपछि केन्द्रिय समिति बैठक नै स्थगित भयाे ।
शीर्ष नेताहरूको छलफल क्रियाशील सदस्यता र विभाग गठन लगायतका विषयमै अल्झिएपछि महासमितिको मिति तय गर्ने विषय अोझेलमा परेको भन्दै एजेण्डामा सहमति हुन नसकेकोे हो ।
बैठक भोलि ११ बजे बस्ने गरी स्थगित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline