माग अनुसारको सुन उपलब्ध नहुँदा दाङका सुनचाँदी पसल बन्द

माग अनुसारको सुन उपलब्ध नहुँदा दाङका सुनचाँदी पसल बन्द

  • शुक्रबार, भदौ ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

दाङ, भदौ ८ ।
माग अनुसारको सुन सरकारले उपलब्ध गराउन नसकेको भन्दै आज देखि दाङका सुनचाँदी पसल बन्द भएका छन् ।
नेपाल सुनचाँदी व्यावसायी संघ, दाङको घोराहीमा बसेको बैठकले आज देखि पर्सी आइतबारसम्म सुनचाँदी पसल बन्द गर्न निर्णय गरेको नेपाल सुनचाँदी व्यावसायी संघ, दाङका अध्यक्ष विनोद विश्वकर्माले जानकारी दिनुभयो ।

बजारमा सुनको माग अत्याधिक बढेको बताउँदै सुनको अभाव हुँदा माग अनुसारको सुन ग्राहकलाई उपलब्ध गराउन नसक्दा पसल बन्द गर्न लागेको अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।

व्यवसायीहरुले सरकारले सुनमा सिन्डिकेट लगाएको हुँदा पछिल्लो समय सुन अभाव देखिएको बताउँदै तत्काल सिन्डिकेट खारेजीको माग गरेका छन् ।

चार्डपर्व नजिक आउँदै गर्दा सुनका गरगहना अत्यधिक माग भैरहेको छ । सरकारले व्यापारीलाई समयमै सुन उपलव्ध गराउन नसक्दा समस्या भएको व्यवसायीको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ