कांग्रेसको विधान संशोधन मस्यौदा समितिको पहिलो बैठकको निर्णयः सुझाव संकलन गर्ने

कांग्रेसको विधान संशोधन मस्यौदा समितिको पहिलो बैठकको निर्णयः सुझाव संकलन गर्ने

  • शुक्रबार, भदौ ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.9K
    SHARES

काठमाडौं, ८ भदौ ।

नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा समितिको बैठकले पार्टीका सबै भ्रातृ संगठन, जिल्ला सभापति र बुद्धिजीबीसँग सुझाव संकलन गर्ने निर्णय गरेको छ ।

मस्यौदा समितिको आज पार्टी कार्यालय सानेपामा बसेको पहिलो बैठकले संकलित सुझावलाईसमेत ध्यानमा राखेर विधान परिमार्जन गर्ने निर्णय गरेको हो । बैठकले महासमिति बैठकमा पार्टीका तर्फबाट पेश गर्ने एजेण्डा पनि तय गर्ने छ ।

बदलिंदो संरचनाअनुसार पार्टीको स्थानीय, क्षेत्र र केन्द्रीयस्तरमा गठन गरिने सांगठननिक ढाँचाको बारेमा पनि छलफल भएको छ ।

बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समितिले विभिन्न चरणमा सुझाव संकलन गर्ने र समितिभित्र यथेस्ट गृहकार्य गरी चाँडो मस्यौदा पेश गर्ने बताउनु भएको छ ।
नेपाली कांग्रेसले लामो विवादपछि बिहीबारमात्र विधान मस्यौदा समिति गठन गरेको थियो ।

समितिमा पार्टी महामन्त्री पूर्णबहादुर खड्का संयोजक र सदस्यहरुमा डा. मिनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ