नेकपा प्रवक्ता प्रकाण्डलार्इ राति नै नुवाकाेट लगियाे, त्यसअघि कहाँ कहाँ घुमायाे प्रहरीले ?

नेकपा प्रवक्ता प्रकाण्डलार्इ राति नै नुवाकाेट लगियाे, त्यसअघि कहाँ कहाँ घुमायाे प्रहरीले ?

  • बिहिबार, भदौ ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 21.5K
    SHARES

७ भदौ, काठमाडौं ।

सर्वोच्च अदालत परिसरबाट बिहीबार साँझ (आज) बल प्रयोग गरी बिनापूर्जी गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई राति नै नुवाकाेट लगिएकाे छ ।

सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले रिहा गर्न आदेश दिएकोमा बिहीबारै बेलुका ६ बजेर ३६ मिनेट जाँदा प्रहरीले अदालत परिसरबाट बल प्रयोग गरी गिरफ्तार गरिएको थियो ।

गिरफ्तारपछि बा २ झ १९०२ नम्बरको टामा मोवाइल भ्यानमा राखेर भाेजपुर लैजाने भन्दै माइतीघरतर्फ लगिएको थियाे । उक्त भ्यान इलाका प्रहरी कार्याय बनेपा काभ्रेको हो ।

प्रहरीले सर्वोच्च अदालत परिसरबाट भोजपुर लैजाने भन्दै पक्राउ गरेको थियो ।  तर, भोजपुर चलान भएका प्रकाण्डलाई बीच बाटोबाटै फर्काइएको छ । उनलार्इ काभ्रे र भक्तपुरको सिमा साँगाबाट पुनः फर्काएर  काठमाणडाैकाे बालाजु  ल्याइएकाे थियाे ।

बालाजुबाट राति नै महाराजगञ्ज प्रहरी प्रभाग पुर्याइएकाेमा त्यहाँ केहि समय राखेर पुनः नुवाकाेट लगिएकाे प्रहरी स्रोतले जनाएकाे छ । प्रकाण्डलाइ राती साढे १० बजे नुवाकाेटतर्फ लगिएकाे बुझिएकाे छ ।

नुवाकोटमा एनसेलको टावरमा आगजनी गरेको बारे प्रकाण्डविरुद्ध मुद्दा दर्ता भएको बताइएको छ । सर्वोच्च अदालतको आदेशले प्रकाण्ड बिहीबार रिहा भएसँगै उनलाइ पुनः तेस्रो पटक गिरफ्तार गरेकेा हाे।

यसअघिराष्ट्रय मानव अधिकार अायाेगकाे गाडिबाटै खाेसेर गिरफ्तार गरिएकाेमा अाज बल प्रयाेग गरेर गिरफ्तार गरेकेा हाे ।बल प्रयाेग गरेपछि प्रकाण्डले प्रहरी भ्यानबाटै अाेली सरकार मुर्दावाद, फासिबादि सरकार मुर्दाबाद लगायतका नारा लगाएका थिए ।

साउन २२ गते पक्राउ परेका प्रकाण्डलाई गत भदौ १ गते पनि सर्वोच्चले छाड्न आदेश दिएको थियो । तर, सर्वोच्चको आदेशमा छुटेका प्रकाण्डलाई सर्वोच्च अदालत परिसरबाट दोस्रोपटक पक्राउ गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ