राज्यले उद्योगीव्यवसायीलाई ठगको व्यवहार गर्नु गलतः प्रचण्ड

राज्यले उद्योगीव्यवसायीलाई ठगको व्यवहार गर्नु गलतः प्रचण्ड

  • बिहिबार, भदौ ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

काठमाडौं, ७ भदौ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्यले उद्योगीव्यवसायीलाई ठगको व्यवहार गर्न नहुने बताउनु भएको छ ।

अध्यक्ष प्रचण्डले आर्थिक समृद्धिको परिकल्पनालाई साकार पार्न उद्योगी, व्यवसायीहरुलाई प्रोत्साहित हुनेगरी आवश्यक वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भएको हो । प्रचण्डले कर छल्ने गतिविधिमा संलग्न नहुन उद्योगी व्यवसायीहरुलाई पनि आग्रहसमेत गर्नुभएको छ ।

आज काठमाडौंमा आयोजित इभेन्टस् एण्ड भेन्यू एशोसिएशन अफ नेपालको ८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाले राज्यले उत्पादन वृद्धि गरी रोजगारीको अवसर सृजना हुनेगरी उद्योगी व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढनुपर्ने आवश्यक्ता रहेको बताउनु भएको छ ।

राज्यले उद्योगी, व्यवसायीहरुलाई हेर्ने नकारात्मक दृष्टिकोणका कारण नेपालमा विकासतर्फको यात्राले तीव्रता पाउन नसकेको पनि स्पष्ट पार्दै प्रचण्डले जनतालाई बलियो बनाएर मात्रै मुलुकको समृद्धिको यात्रालाई गति दिन सकिने पनि स्मरण गराउनु भएको छ ।

अध्यक्ष दाहालले वैदेशिक लगानी भित्रयाउन पनि राज्यले नियन्त्रणकारी नभई सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने धारणा पनि राख्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ