प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाई गर्न सर्वोच्च ल्याइयो

प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाई गर्न सर्वोच्च ल्याइयो

  • बिहिबार, भदौ ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

७ भदौ, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खडगबहादुर विश्वकर्मा प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाईका लागि सर्वोच्च अदालत ल्याइएको छ ।
१० बजे उपस्थित गराउन भनिएपनि ढिला गरी १ बजे ल्याइपुर्याइएको हो । गैरकानूनी तरिकाले सरकारले गिरफ्तार गरेकोा भन्दै भाई वीरेन्द्र विकले रिहाईको माग गरेर भदौ ३ मा रिट दर्ता गरेका थिए ।
साउन २२ गते गिरफ्तार गरेर थुनामा राखिराखेको बेला गैरन्यायिक तरिकाले थुनामा राखिएको भन्दै पुत्र नरेन्द्रबहादुर विकले रिहाई मागसहित रिट दर्ता गरेका थिए । रिटमाथि भदौ १ गते सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शमसेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले तत्कल रिहा गर्न आदेश भएको थियो । तर सोही दिन राति ९ बजेर १० मिनेटमा राष्टिय मानवअधिकार आयोगको गाडीबाट जबर्जस्त ओरालेर गिरफ्तार गरिएको थियो ।
आजको सुनुवाईमा पनि दर्जन भन्दा बढी कानून व्यावसायीहरुले प्रकाण्डको पक्षबाट बहस गर्दैछन् । भदौ १ मा २८ कानून व्यावसायीहरुले बहस गरेका थिए । यसपछि आजको सुनुवाईपछि के हुन्छ ? भन्ने सर्वत्र चासोको विषय बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ