प्रकाण्डको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाई भोलि ११ बजे

प्रकाण्डको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाई भोलि ११ बजे

  • बुधबार, भदौ ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 34.4K
    SHARES

६ भदौ, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को रिहाई लागि सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुन्वाई भोलि मात्र हुने भएको छ ।
भदौ १ गते सर्वोच्चकै आदेशमा रिहा भएका प्रवक्ता प्रकाण्डलाई सोही राति ९ बजे राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा राखेर कार्यालय लैजाँदै गर्दा काठमाडौं प्रहरीले जबर्जस्त गिरफ्तार गरेर सोही रातिदेखि काभ्रे सदरमुकाम धुलिखेल प्रहरी हिरासतमा थुनामा राखेपछि गिरफ्तार र थुनामा राख्ने कार्य गैरकानूनी र मानव अधिकरको हनन भएकोले रिहाईको मागसहित प्रकाण्डका भाई विरेन्द्र विकले आइतबार बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए ।
रिटमाथि आदेश दिँदै न्यायाधीश ईश्वर खतिवडाले २४ घण्टाभित्र प्रकाण्डलाई सर्वोच्च अदालतमा उपस्थित (पेश) गराउन सरकार, गृह मन्त्रालय, काठमाडौं प्रहरी, काभ्रे प्रहरी लगायत विपक्षीहरुको नाममा सोमबार आदेश भएको थियो ।
सोही मुताविक प्रकाण्डलाई आज धुलिखेलबाट दिउँसो १ बजेतिर सर्वोच्च ल्याइपुर्याएका थिए । ढिला उपस्थित गराइएकोले पेसी चढ्न नसकेको र भोलि ७ गते बिहान ११ बजे उपस्थित गराउने गरी पत्रसहित आजको लागि धुलिखेल फिर्ता पठाइएको हो ।
बन्दी प्रत्यक्षीकरण रिट यो दोस्रो हो । यसअघि पार्टी कामकै सिलसिलामा हेटौडाबाट काठमाडौं आइरहेका बेला साउन ७ गते साँझ बजे काठमाडौंको चोभारबाट प्रकाण्डलाई सहयोगी हरिचन्द्र आचार्य र गाडी चालक मनबहादुर श्रेष्ठलाई गाडीसहित गिरफ्तार गरिएको थियो । त्यसपछि तीनै जनामाथि चन्दा उठाएको अभियोग लगाएर काठमाडौं जिल्लाको सरकारी वकिलको कार्यालयबाट बयान समेत दिइसकिएको थियो ।
तर साउन २६ मा प्रकाण्डका छोरा नरेन्द्रबहादुर विकले बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरे । रिटमाथि आदेशले बाटोको म्यादबाहेक ४८ घण्टापछि भदौ १ गते तीनै जनालाई सर्वोच्चमा सुनुवाईका लागि उपस्थित गरियो । र, सुनुवाईपछि न्यायाधीश चोलेन्द्र शमसेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले तीनै जना विपक्षीले दाबी गरेजस्तो दोषी नदेखिएको भन्दै रिहा गर्न आदेश दिइयो । आचार्य र श्रेष्ठ सोही दिन बेलुका रिहा भए ।
तर प्रवक्ता प्रकाण्डलाई भने राति अबेरसम्म सर्वोच्चबाट बाहिर निस्कन दिइएन र सर्वोच्चभित्रै घेरा हालेर राज्यले नागरिकको मानव अधिकार हनन गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले के कति कारणले यसो हुन गएको भन्ने बुझ्न सर्वोच्चका मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवर र नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबशादुर केसीको उपस्थितिमा आयोगकै गाडीमा चढाएर आयुक्त सुदिप पाठकले गाडीमा लिएर कार्यालयतर्फ जान सपर्वोच्च गेटबाहिर पुग्नेक्रमम ४०-५० जना प्रहरीले गाडीलाई छेकेर जबर्जस्त ओरालेर गिफ्तार गरेको थियो । उक्ता गिरफ्तारको मानवअधिकारवादी संगठन, संचार जगत, नागरिक समाज, विद्यार्थी, मजदुर, वकिल, राजनीतिक दल, पूर्वप्रधानमन्त्री, मन्त्री, सत्तारुढ दलकै नेता–कार्ताहरुले गिरफ्तार गैरकानूनी र फासीवाद भएको भन्दै व्यापक विरोध भइरहेको छ । निसर्त अविलम्ब रिहाई गर्न नेकपाले जोडदार माग गर्दै आएको छ ।
सरकारले नेकपामाथि कडा निगरानी र धरपकड जारी राखेको छ । अहिले पनि नेकपाका पोलिब्यूरो सदस्यहरु कृष्ण धमला ‘गम्भीर’, मोहन कार्की ‘जीवन्त’, पदम राई ‘विकास’, ओमप्रकाश पुन र केन्द्रीय सदस्यहर टेकबहादुर केसी ‘’आजाद’, दिपेश राई र किरण राईलगायत दर्जनौ नेताकार्यकर्ता लामो समयदेखि विभिन्न आभियोगमा हिरासतमै छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ