स्थानीय तहद्धारा खर्च विवरण बुझाउन आनाकानी, एक अर्ब २३ करोड फ्रिज 

स्थानीय तहद्धारा खर्च विवरण बुझाउन आनाकानी, एक अर्ब २३ करोड फ्रिज 

  • बुधबार, भदौ ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

सुर्खेत, ६ भदौ ।

जिल्लाका स्थानीय तहले आफ्नो खर्च विवरण अझैसम्म बुझाएका छैनन् ।

असार मसान्तभित्र खर्च विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनुपर्ने भए पनि साउन मसान्त बितिसक्दा पनि बुझाएका छैनन् । कुन स्थानीय तहमा कति खर्च भयो र कति रकम फ्रिज भयो थाहा हुन नसकेको कार्यालयका सूचना अधिकारी कोष नियन्त्रक लोकप्रसाद पौडेलले जानकारी दिनुभयो ।

जिल्लाका नौ स्थानीय तह छन् । “रकम निकाशा सबै भयो, तर खर्च भयो भएन थाहा भएन,” उहाँले भन्नुभयो । नौ स्थानीय तहमा रु सात अर्ब ७८ करोड २८ लाख ४९ हजार निकाशा गरिएको थियो । वीरेन्द्रनगर नगरपालिकालाई रु ६९ करोड ७० लाख ८० हजार, गुर्भाकोटलाई रु ४७ करोड १२ लाख ७९ हजार, भेरीगङ्गालाई रु ३९ करोड ८२ लाख ३२ हजार, पञ्चपुरीलाई रु ३८ करोड १८ लाख ३७ हजार तथा लेखबेँशी नगरपालिकालाई रु ३४ करोड १३ लाख १८ हजार निकाशा गरिएको थियो ।

कोष नियन्त्रक पौडेलका अनुसार सिम्ता गाँउपालिकालाई रु ३४ करोड ५६ लाख ४७ हजार, बराहताललाई रु ३४ करोड ९६ लाख १८ हजार, चौकुनेलाई रु ३१ करोड ८२ लाख ८९ हजार तथा चिङगाड गाउँपालिकालाई रु २३ करोड ८५ लाख २८ हजार निकाशा गरिएको थियो । ढिलो अख्तियारीका कारण ठूलो मात्रामा बजेट फ्रिज हुने गरेको छ ।

एक अर्ब २३ करोड फ्रिज

गत आवमा जिल्लामा रु एक अर्ब २३ करोड फ्रिज भएको थियो । जिल्लास्थित विभिन्न सरकारी कार्यालयद्वारा सञ्चालित विभिन्न काम पूरा हुन नसकेर सो रकम फिर्ता गएको हो । चालुतर्फ रु नौ अर्ब ७७ करोड चार लाखमध्ये रु नौ अर्ब ७७ करोड चार लाख मात्र खर्च भएको छ ।

चालुतर्फको रु ४६ करोड ९९ लाख ४८ हजार बजेट फिर्ता भएको छ । पूँजीगततर्फ रु नौ अर्ब ६३ करोड ३८ लाखमध्ये रु आठ अर्ब ८७ करोड ३४ लाख ९५ हजार मात्र खर्च भएको छ । पूँजीगततर्फ रु ७६ करोड तीन लाख फिर्ता भएको छ । चालु वर्षमा रु एक अर्ब आठ करोड राजश्व आम्दानी भएको छ । आव २०७४÷७५ मा कर तथा गैरकर गरेर रु एक अर्ब आठ करोड राजश्व सङ्कलन भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा ५० प्रतिशतले राजश्व सङ्कलनमा वृद्धि भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ