विधेयकहरू सम्बन्धित समितिमा, रेडियो नेपालको जग्गा फिर्ता गर्न जोड

विधेयकहरू सम्बन्धित समितिमा, रेडियो नेपालको जग्गा फिर्ता गर्न जोड

  • मङ्लबार, भदौ ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौँ, ५ भदौ ।
राष्ट्रियसभाले विभिन्न शीर्षकका तीन विधेयकमा दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ ।

उक्त सभाको आज बसेको बैठकले विषयगत समितिमा पठाएका विधेयकमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी (पहिलो संशोधन), वातावरण संरक्षण (पहिलो संशोधन) र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्रा्ष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक २०७५ हुन् ।

ती विधेयलाई क्रमशः महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइयोस् भनि बैठकमा प्रस्ताव गर्नुभएको थियो । ती प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो । राष्ट्रिय सभाको अर्काे बैठक यही भदौ १२ गते ११ बजे बस्नेछ ।

यसैबीच , राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा रेडियो नेपालको जग्गा रेडियो नेपाललाई नै फिर्ता गर्न जोड दिइएको छ ।
सांसद उदया शर्मा पौडेलले ललितपुर जिल्लामा रेडियो नेपालको नाममा रहेको जग्गालाई एक निजी बसोवास निर्माण कम्पनीलाई ३० वर्षका लागि भाडामा उपलब्ध गराइएकाले रेडियो नेपाललाई नै फिर्ता गरउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद अनिता देवकोटाले दाङ जिल्लामा सञ्चालित सिमेन्ट उद्योग मापदण्ड विपरीत उत्पादन गर्दै आएको बताउनुभयो । उहाँले वर्षाका कारण दाङलगायत विभिन्न स्थानमा रहेका पुल जीर्ण हुँदै गएकाले तत्काल निर्माण गर्न पनि आग्रह गर्नुभयो ।

सांसद कबिता बोगटीले मुस्लिम धर्मावलम्बीको चाड बकर ईदको अवसरमा सार्वजनिक बिदा दिन सरकारसँग माग गर्नुभयो ।
सांसद ठगेन्द्रप्रसाद पुरीले सरकारले यातायात व्यवसायीको एकाधिकार तोडेर काम राम्रो गरे पनि जनताले त्यस्को प्रत्याभूति गर्न नसकेको भन्दै त्यस सम्बन्धी भइरहेका कारवाहीबारे जानकारी गरउन माग गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ