राष्ट्रिय प्रजातन्त्र पार्टीका सबै केन्द्रीय पदाधिकारीहरू आजबाट पदमुक्त

राष्ट्रिय प्रजातन्त्र पार्टीका सबै केन्द्रीय पदाधिकारीहरू आजबाट पदमुक्त

  • सोमवार, भदौ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

काठमाडौँ, ४ भदौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय पदाधिकारी नयाँ ढंगबाट पुनःगठन गर्ने प्रयोजनका लागि हाल कायम रहेका पार्टीका सबै केन्द्रीय पदाधिकारीलाई आजकै मितिदेखि पदमुक्त गरिएको छ ।
संशोधित विधानको भावनानुरुप पार्टीलाई अघि बढाउन पदाधिकारी तथा केन्द्रीय समिति विघटन गरिएको हो । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संशोधित विधान परिमार्जनसहित अनुमोदन गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।
नयाँ विधानअनुसार पार्टीको महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यबाट चयन हुने व्यवस्था गरिएको छ । केन्द्रीय कार्यसमिति भने २७७ सदस्यीय हुने व्यवस्था छ । प्रत्येक जिल्लाबाट कम्तीमा एक एकको केन्द्रीय कार्यसमितिमा अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता हुने गरी निर्वाचन हुने व्यवस्था छ ।
विधानमा उल्लेख भएका पदाधिकारीमध्ये ५० प्रतिशत महाधिबेशनबाट निर्वाचित हुने र ५० प्रतिशत अध्यक्षबाट मनोनयन हुने व्यवस्था छ । गत जेठमा वीरगञ्जमा सम्पन्न केन्द्रीय परिषद् बैठकले निर्देश गरेबमोजिम विधान संशोधन गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ