रानीपोखरी पुनःनिर्माण विज्ञको सिफारिसबमोजिम गर्न माग

रानीपोखरी पुनःनिर्माण विज्ञको सिफारिसबमोजिम गर्न माग

  • सोमवार, भदौ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ, ४ भदौ।

रानीपोखरी पुनःनिर्माण विज्ञ समूहको सिफारिस बमोजिम गर्नुपर्ने जनाउँदै सम्पदा बचाऔँ अभियानले काठमाडौँ महानगरपालिकासँग पुनः माग राखेका छन् ।

अभियानकर्मीले केही दिनअघि सो सम्बन्धमा पुरातत्व विभागलाई ज्ञापनपत्र बुझाएका थिए । गत आइतबार कामपा उपप्रमुख हरिप्रभा खड्गीलाई पनि ज्ञापनपत्र बुझाउँदै अभियानले रानीपोखरी पुनःनिर्माण गर्दा विज्ञ समूहको सिफारिसबमोजिम काम गर्न आग्रह गरेको थियो ।

“रानीपोखरीलाई मल्लकालीन शैलीमा पुनःनिर्माण गर्ने यो एउटा अवसर पनि हो, विज्ञहरुको समूहले एक किसिमको निर्णय निकालिसकेको अवस्था छ, त्यो नै उपयुक्त विकल्प हो, अबको केही दिनमा नै निर्माण कार्य सोहीबमोजिम शुरु गर्नुपर्छ” ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्र बुझ्दै उपप्रमुख खड्गीले सम्पदाप्रेमी र स्थानीय भावनाबमोजिम रानीपोखरी पुनःनिर्माण हुनेमा विश्वस्त हुन आग्रह गर्नुभयो । यसअघि विज्ञ समूहले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई पनि ज्ञापनपत्र बुझाएको थियो ।

यसैगरी गत बिहीबार सम्पदाप्रेमीको टोलीले पुरातत्व विभागका महानिर्देशक भेषनारायण दहालसमक्ष ज्ञापनपत्र बुझाएको छ । उक्त अवसरमा अभियानकर्मी गणपतिलाल श्रेष्ठले विज्ञ समूहको प्रतिवेदनबाट स्थानीयवासी विश्वस्त भएर बसेकाले सोहीअनुरुप रानीपोखरीको पुनःनिर्माण गरिनुपर्छ भन्नुभयो ।

विवेकशील साझा पार्टीका तर्फबाट रञ्जु दर्शनाले कामपा र विभागबीच बेमेलले गर्दा ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण हुन नसकेको बताउँदै । विसं २०७२ को भूकम्पका कारण रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा पनि क्षति पुगेको जसको स्वरुप ग्रन्थकूटशैलीको थियो ।

पुनःनिर्माणलाई प्रभावकारी र सहज बनाउनका लागि गत पुस १३ गते विज्ञ समूह गठन गरिएको थियो । उक्त विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भन्दै सोहीअनुरप निर्माण गर्न सुझाव दिएका थिए । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्रका नाममा न्हुपुखु(नयाँ पोखरी) बनाएका थिए । पोखरी पाँच वर्ष लगाएर बनाई नेसं ७९० (विसं १७२७)मा शिलापत्र राखिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ