फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एलपी ग्यासको यथावत

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एलपी ग्यासको यथावत

  • सोमवार, भदौ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

नेपाल आयल निगमले गएराति देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा दुई रुपैयाँ मूल्य वृद्धि गरिएको हो ।

त्यसैगरी हवाई इन्धनतर्फ आन्तरिकमा प्रति लिटर २ रुपैयाँ र अन्तर्रा्ष्ट्रिय तर्फ ४.५० रुपैयाँ वृद्धि गरिएको छ । नयाँ भाउ अनुसार पेट्रोल प्रति लिटर १११ रुपैयाँ पर्नेछ भने मट्टितेल र डिजेल प्रति लिटर ९५ रुपैयाँ पर्नेछ ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ । पछिल्लो पटक निगमले असार ३ गते मूल्य समायोजन गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ