नेकपा प्रवक्ता प्रकाण्डलाई तीन दिन थुनामा राख्न अनुमति

नेकपा प्रवक्ता प्रकाण्डलाई तीन दिन थुनामा राख्न अनुमति

  • आइतवार, भदौ ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

३ भदौ,काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डलाई जिल्ला अदालत काभ्रेले अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।

शुक्रवार राति सर्वोच्च अदालतले रिहा गरेलगत्तै प्हरीले पुन गिरफ्तार गरि राति नै काभ्रे पुर्याईएका प्रकाण्डलाई आज अनुसन्धानका लागि भन्दै अदालतले तीनदिनको म्याद थपेको हो । यसअघि आजै विश्वकर्मालाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा फेरी बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो ।

विश्वकर्माका भाई विरेन्द्र विकले आज सर्वोच्चमा रिट दर्ता गरेको वरिष्ठ अधिवक्ता एकराज भण्डारीले जानकारी दिनुभयो । एनसेलको टावरमा क्षती पु¥याएको मुद्दामा जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा राखिएको छ ।
यसअघि चन्दा असु्लीको मुद्दामा पक्राउ परेका प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरणकै रिटमा सुनुवाई गर्दै सर्वोच्चले अस्ती रिहा गर्न आदेश दिएको थियो । रिहा भएलगत्तै प्रहरीले अदालत गेटबाटै राष्ट्यि मानवअधिकार आयोगको गाडिबाटै निकालेर गिरफ्तार गरेको थियो ।

प्रहरीले अनुसन्धानका लागि ७ दिनको समय मागेको थियो । तर, जिल्ला अदालत काभ्रेले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ