काठमाण्डौ–केरुङ रेलमार्ग निर्माणबारे छलफल गर्न सरकारी उच्चस्तरीय टोली आज चीन जाँदै

काठमाण्डौ–केरुङ रेलमार्ग निर्माणबारे छलफल गर्न सरकारी उच्चस्तरीय टोली आज चीन जाँदै

  • शनिबार, भदौ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

काठमाडा, भदौ २ ।

काठमाण्डौ–केरुङ रेलमार्ग निर्माणका बिषयमा छलफल गर्न चिनियाँ रेल विभागको निमन्त्रणामा सरकारी उच्चस्तरीय टोली आज चीन जाँदैछ ।

भौतिक पुर्बाधार तथा यतायत मन्त्रालयका सचिव मधुसुधन अधिकारी नेतृत्वको टोली मध्यान्ह १२ बजे बेईजिङ जाने रेल विभागका सुचना अधिकृत प्रकाशभक्त उपाध्यायले जानकारी दिनुभयो ।

टोलीले रेलमार्ग निर्माणका साथै चीनले नेपालमा गर्ने भनिएका अन्य परियोजनाका बिषयमा त्यहाको रेल विभागका उच्च अधिकारीसंग छलफल गर्नेछ ।

त्यस्तै केरुङ काठमाण्डौ रेलमार्ग सम्भाब्यता अध्ययनका लागि गठित टोलीसँग पनि नेपाली टोलीले विशेष छलफल गर्ने जनाईएको छ ।

टोलीले सोमबार र मंगलबार आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ । झण्डै १ सय किलोमिटरको काठमाण्डौ केरुङ परियोजनाका लागी चिनियाँ रेल विभागको टोलीले झण्डै एक साताको स्थलगत अवलोकन गरेको थियो ।

टोलीले विभिन्न दुई विकल्पमा परियोजनाको प्रतिवेदन तयार पारेको जनाएको छ । समुन्द्री सतहबाट २ हजार ८ सय मिटरको उचाईमा रहेको परियोजनाका लागि २ खर्ब ७५ अर्ब लागत अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ