प्रकाण्डलाई राष्ट्रिय मानव अधिकार आयोगको गाडीबाटै यसरी गर्याे पुनः गिरफ्तार (भिडियाेसहित)

प्रकाण्डलाई राष्ट्रिय मानव अधिकार आयोगको गाडीबाटै यसरी गर्याे पुनः गिरफ्तार (भिडियाेसहित)

  • शुक्रबार, भदौ १, २०७५
  • मिर्मिरे अनलाइन

  • 51.5K
    SHARES

१ भदौ,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई राष्ट्रिय मानव अधिकार आयोगको गाडीबाटै पुनः गिरफ्तार गरेकाे छ ।

अाज राति सर्वाेच्च अदालतकाे गेटबाटै उहाँलाइ अायाेगकाे गाडिबाट निकालेर गिरफ्तार गरेकेा हाे ।  सर्वोच्चले रिहाई गर्न आदेश दिएलत्तै प्रहरीले पुनः गिरफ्तार गर्ने तयारी गरेपछि प्रकाण्ड लामो समयसम्म सर्वोच्चभित्रै बसेका थिए । प्रकाण्डलाइ राति ९ बजेर १५ मिनेटतीर सर्वाेच्चकाे गेट बाहिरमा अायाेगकाे गाडिबाटै पुनः गिरफ्तार गरेकेा हाे।

आयोगका आयुक्त सुदिप पाठकको टोली सर्वोच्चमै पुगेको थियो । उनले पुनः गिरफ्तार गर्दा रिहाईको अनुभूति नहुने भन्दै पाठकले प्रकाण्डलाई आफ्नो गाडीमा राखेर आयोगमा लिन खोजेका थिए तर प्रहरीले गेटमै रोकेको थियो । यसअघि गिरफ्तार गर्न परिसरमै पुगेको प्रहरीलाई पाठकले बाहिर पठाएका थिए ।

प्रहरीले आयोगको गाडिलाई चारैतिरबाट घेरेर अगाडि बढ्न नदिएपछि प्रकाण्ड आफै गाडीबाट बाहिर निस्केका थिए । पाठकले प्रहारीलाई आयोगमा आउनु भन्दै आग्रह गर्दा माथिको आदेश भन्दै प्रहरीले सहयोग गर्न भनेको थियो ।

पक्राउ पुर्जी बोकेर आएको प्रहरीले टोलीलाई मानव अधिकार हनन् हुने कुनै काम नगर्न पाठकले भनेका थिए । पाठकसँग प्रहरीले प्रकाण्डलाई काभ्रे लिने जानकारी दिएको थियो । अाधारभूत कुरा पूरा गरेर चाँडोभन्दा चाँडो काभ्रे पुर्‍याउने प्रहरीले पाठकलाई भनेको थियो ।

जबरजस्त चन्दा उठाएको आरोप पुष्टि नभएपछि सर्वोच्चले शुक्रबार प्रकाण्डलाई रिहाई गर्न आदेश दिएको थियो । प्रहरीले काभ्रेमा एनसेल टावरमा आगजनी गरेको अर्को मुद्दा दर्ता गराएको थियो ।

गैरकानूनी रुपमा गिरफ्तार गरिएको भन्दै छोरा नरेन्द्रबहादुर बिकले रिहाईको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि बहस गर्दै न्यायाधीश चोलेन्द्र शमशेर जबरा र तेजबहादुर केसीको ईजलास प्रकाण्डलाई रिहाईका आदेश गरेको थियो ।

प्रवक्ता प्रकाण्डसँगै गिरफ्तार परेका हरिचन्द्र आचार्य र मानबहादुर श्रेष्ठ भेन रिहा भएका छन् । प्रकाण्डसहित तीनै जनाको रिहाईको माग गर्दै परेको रिटमाथि वरिष्ठ अधिवक्ता शम्भु थापा, रमशकुमार श्रेष्ठ, एकराज भण्डारीसहित २८ जना वकिलले बहस गरेका थिए ।

प्रहरीले पुनः गिरफ्तार गरेपछि संचारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै सरकारले सर्वोच्च अदालतको अादेश पनि नमान्नु भनेको ठूलो विडम्बना भएको बताए । उनले गृह मन्त्रालयले नै गिरफ्तार गर्न भनेकोले प्रहरीसँग केही भन्नु नभएको भन्दै अाफू जान तयार रहेको बताए ।

नेकपाका पोलिट्ब्यूरो सदस्य मोहन कार्की र कृष्ण धमला पनि काभ्रे प्रहरी हिरासतमा राखिएको छ ।

 

भिडियाे हेर्नुहाेस् ।

याे पनि पढ्नुहाेस् ।

 

प्रकाण्डलाई थुनामुक्त गर्न सर्वाेच्चको आदेश (आदेशको पूर्णपाठसहित)

 

प्रकाण्डको रिहाईको लागि सर्वाेच्चमा बहस सकियो, आदेश केही बेरमा आउँदै ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ