प्रकाण्डको रिहाईको लागि सर्वाेच्चमा बहस सकियो, आदेश केही बेरमा आउँदै ।

प्रकाण्डको रिहाईको लागि सर्वाेच्चमा बहस सकियो, आदेश केही बेरमा आउँदै ।

  • शुक्रबार, भदौ १, २०७५
  • मिर्मिरे अनलाइन

  • 21.3K
    SHARES

भाद्र १, काठमाडौं ।
१० दिनदेखी महानगरिय प्रहरी परिसर टेकुमा हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गैरकानूनी रुपमा गिरफ्तार गरी थुनामा राखिएको भनी रिहाईको माग गर्दै परेको रिटमा आज बहस भएको छ । यतिबेला बहस सकिएको छ भने फैसला आउन बाकी छ । रिटको पक्षमा २८ जना वकिलले बहस गरेका छन् । । रिटको पक्षमा बरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसी, बरिष्ठ अधिवक्ता शम्भु थापा, , बरिष्ठ अधिवक्ता एकराज भण्डारी, बरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायधिवक्ता रमण श्रेष्ठ, बरिष्ठ अधिवक्ता तुल्सी भट्ट।, बरिष्ठ अधिवक्ता गोविन्द गौतम, बरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारी, अधिवक्ता तथा पूर्वमहान्यायधिवक्ता हरी फुयाल, अधिवक्ता कपिलचन्द्र पोख्रेल अधिवक्ता खीमानन्द अधिकारी, अधिवक्ता कान्तिराम ढुङ्गाना, अधिवक्ता तथा बारका पूर्वमहासचिव सुनिल पोख्रेल, बारका वर्तमान उपाध्यक्ष तथा अधिवक्ता पदम बहादुर शाही, अधिवक्ता तथा बार सदस्य अरुण पौडेल, अधिवक्ता दिनमणी पोख्रेल, अधिवक्ता शिवकुमार यादव, अधिवक्ता योगेन्द्रबहादुर अधिकारी, अधिवक्ता तथा सर्वाेच्च बारका सचिव सुमनराज आचार्य, अधिवक्ता गौरी न्यौपाने, अधिवक्ता राजु अधिकारी र अधिवक्ता बद्री प्रसाद भुषाल गरी २८ जनाले बहस गरेका थिए । नेपाल सरकारको तर्फबाट सहमहान्यायधिवक्ता सन्जीव रेग्मीले बहस गरेका थिए ।सर्वोच्चका ध्यायधिसद्धय चोलेन्द्र शमशेर जवरा र तेजबहादुर केसीको ईजलासमा ईजलास नं. २ मा विहानैदेखी बहस भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ