संघीयता बाँदरको हातमा नरिवल, सरकारकै कारण असफलतातिरः महत

संघीयता बाँदरको हातमा नरिवल, सरकारकै कारण असफलतातिरः महत

  • शुक्रबार, भदौ १, २०७५
  • मिर्मिरे अनलाइन

  • 20.1K
    SHARES

पोखरा, १ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारकै कारण संघीयता असफलतातिर उन्मुख भएको दाबी गर्नुभएको छ ।

पोखरामा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै महतले सरकारको काम संघीयताप्रति बितृष्णा जगाउने खालको भएको टिप्पणी गर्नुभयो ।

संघीयता बाँदरको हातमा नरिवल जस्तो भएको बताउँदै भन्दै उहाँले जनताले बोक्नै नसक्ने गरी करको भारी लगाइएको बताउनु भयो ।

सरकारको चालचलनले संघीयता असफलतातिर गईरहेको भन्दै उहाँले यसले संघीयताप्रति बितृष्णा जगाउने काम भएकोले यसमा सरकार सच्चिनुपर्ने बताउनु भयो ।

सरकार सुनको अण्डा दिने कुखुरा नै काटेर खाने आहान चरितार्थ गर्न उद्यत रहेको आरोप लगाउँदै नेता महतले यसले समृद्धि हासिल नहुने बताउनु भयो । उहाँले कांग्रेसले जितेका स्थानिय तहमा भारी कर लगाउन नदिने र लगाएको भए फिर्ता गर्न निर्देशन दिइने पनि बताउनु भयो ।
कांग्रेस सहमहामन्त्री महतले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउदै राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा नियन्त्रण गरेर सरकार अघि बढ्न खोजेको धारणा राख्नुभयो ।

डा.महतले प्रेस स्वतन्त्रतालाई कुण्ठत गर्ने कुरा कांग्रेसलाई मान्य नहुने बताउनु भयो । सरकारको नियत ठीक नभएको बताउँदै उहाँले सरकारले सीमा नाघेकाले आउँदो भदौ १५ गते कांग्रेसले बिरोध प्रदर्शन गर्न लागेको पनि जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ