सरकारले गरेका गलत कामको सशक्त प्रतिवाद गर्न कांग्रेसको निर्देशन

सरकारले गरेका गलत कामको सशक्त प्रतिवाद गर्न कांग्रेसको निर्देशन

  • बिहिबार, साउन ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं ३१ साउन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गलत कामको सशक्त प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, भ्रातृ एवम् शुभेच्छुक संस्थाका प्रमुखहरुको आज राजधानीमा भएको प्रशिक्षण भेलामा कांग्रेस नेतृत्वले सरकारले जनचाहना विपरित काम गरेको भन्दै गलत कामको सशक्त प्रतिवाद गर्न निर्देशन दिएको हो ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले गरिब नागरिकको ढाँड सेक्ने गरी कर वृद्धि गरेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । उहाले संघ, प्रदेश र स्थानीय सरकारले गरेको कर वृद्धि तत्काल फिर्ता लिन माग गर्नुभएको छ ।

वरिष्ठ नेता पौडेलले कम्युनिस्ट नेतृत्वको सरकारले जनतालाई कुनै पनि विषयमा राहत दिन नसकेको आरोप लगाउनु भएको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसले जनचाहना अनुसारका मुद्धालाई संसद्मा सशक्त ढंगले उठाउनुपर्ने बताउनु भएको छ ।

सरकार जनताको नजरमा कमजोर भई सकेकाले अब कांग्रेसले जनचाहना अनुसारको काम गर्नुपर्ने उहाको भनाई थियो । नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले मुलुकको आर्थिक अवस्था धरासायी भएको टिप्पणी गर्नुभएको छ ।

सबै क्षेत्रमा कर वृद्धि गरिएकाले त्यसको प्रत्यक्ष असर उद्योगी, ब्यापारी र सर्वसाधरणमाथि गरेको उहाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ