राहत उपलब्ध गराउन सरकारसँग माग

राहत उपलब्ध गराउन सरकारसँग माग

  • बिहिबार, साउन ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौँ, ३१ साउन ।
राष्ट्रियसभाको आज बसेको बैठकको विशेष समयमा अधिकांश सांसदले बाढीपहिरो र वर्षातले पीडित भएका जनतालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

सांसद कालीप्रसाद मल्ल, रमेशप्रसाद यादव र भैरवसुन्दर श्रेष्ठले जाजरकोटका बाढीपीडित जनतालाई राहत उपलब्ध गराउन र आवश्यक स्थानमा पुल निर्माण गरी आवतजावत सहज बनाउर्न सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।

सांसद धनकुमारी खतिवडाले ललितपुरस्थित रेडियो नेपालको जग्गा कानून विपरीत सम्झौता गरी स्थानीय निकायलाई कुनै खबर नै गदिई अरुलाई भाडामा लगाउने कार्य गैरकानूनी रहेको बताउनुभएको हो ।

सांसद अनिता देवकोटाले स्थानीय सरकारले जथाभावी रुपमा कर असुली गरेको, बिमला राई पौडेलले भूकम्पपीडित जनताको आवास निर्माणमा सरकारको ध्यान नपुगेको र रामप्रीत पासवानले राजधानीका सडकको जीर्ण अवस्था निर्र्माणमा तदारुकता नदेखाएको भन्दै सरकारको ध्यानाकर्शन गराउनु भएको छ ।

त्यसैगरी सांसद कविता बोगटी, दुर्गाप्रसाद उपाध्याय र नैनकला ओझाले समसामायिक विषयमा सरकारको ध्यानाकर्षण गर्नुभएको थियो । यस्तै आजको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘अपराध पीडित संरक्षण विधेयक, २०७५’ पेश गर्नुभएको छ ।

बैठकसमक्ष विधेयक पेश गर्दै मन्त्री ढकालले अपराध पीडितको हक संरक्षण, क्षतिपूर्ति र उनीहरुलाई समाजमा पुनस्र्था्पित हुन विधेयकले मद्दत पु¥याउने बताउनुभएको हो । बैठक राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको अध्यक्षतामा बसेको थियो ।

यस्तै राष्ट्रियसभाअन्तर्गत गठित चार विषयगत समितिको निर्वाचन भदौ ३ गते निर्धारण गरिएकामा अब भदौ १३ गते बिहान ११ बजे हुने भएको छ । बैठकमा अध्यक्ष तिमल्सिनाले निर्वाचन विशेष कारणवश निर्धा्रित मितिमा नभई मिति सरेको जानकारी दिनुभयो ।

राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन, विधायन व्यबस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् ।

राष्ट्रियसभाको अर्का बैठक भदौ ४ गते बिहान ११ बजे बस्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ