कांग्रेसले जनतामा भ्रम फैलाउने काम गरिरहेको छः प्रधानमन्त्री ओली

कांग्रेसले जनतामा भ्रम फैलाउने काम गरिरहेको छः प्रधानमन्त्री ओली

सहकारीहरुलाई आफ्ना गतिविधि कृषिमा केन्द्रित गर्न आग्रह

  • बिहिबार, साउन ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं ३१ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ १ गतेदेखि लागू गरिने मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह गर्नुभएको छ ।

उहाँले अस्पतालमा उपचार गर्दा बिरामीको मृत्यु भएमा चिकित्सकलाई जन्मकैद हुने भन्ने हल्ला र भ्रम फिँजाउने काम नगर्न आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले नयाँ कानून आउँदा केही व्यवस्था नयाँ हुने हुँदा अभ्यासमा केही समय लाग्ने बताउँदै जनतालाई नकारात्मक असर पर्ने खालको कुनै पनि व्यवस्था संहितामा नभएको स्पष्ट पार्नुभएको छ ।

साथै ओलीले नेपाली कांग्रेसले जनतामा भ्रम फैलाउने काम गरेको आरोप लगाउनु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले झुटको खेती गरेर जनतालाई अन्योलमा राख्ने काम तत्काल बन्द गर्न कांग्रेसलाई आग्रह गर्नुभएको हो ।

स्वस्थ प्रतिस्पर्धाका आधारमा राजनीति गर्न सुझाव दिँदै ओलीले सरकारको काममा व्यवधान नर्पुयाउन कांग्रेशलाई सुझाव समेत दिनुभएको छ । साथै सरकार आफ्नो काममा स्पष्ट रहेको भन्दै ओलिले आफ्नो जिम्मेवारीमा सरकार अडिग रहेको स्पष्ट पार्नुभएको छ ।

यस्तै एक फरक कार्यक्रममा ओलिले सहकारीहरुलाई आफ्ना गतिविधि कृषिमा केन्द्रित गर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सहकारी महासंघको प्रतिनिधिमण्डलसँग आज सिंहदरबारमा अन्तर्क्िरया गर्दै प्रधानमन्त्री ओलीले कृषिमा देशको करिब दुई तिहाइ जनसंख्या निर्भर भएकोले यो क्षेत्रलाई आधुनिकीकरण नगरी देशमा समृद्धि हासिल नहुने बताउनु भएको हो ।

किसानलाई आधुनिक खेतीतर्फ प्रोत्साहन गर्नका लागि सहकरीले सस्तो व्याजमा ऋण उपलब्ध गराउनुपर्ने र त्यसका लागि सरकारले सहकारीहरुलाई सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

यस्तै सोहि कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले नै जनताले देखेका सपना पूरा गर्ने दाबी गर्नुभएको छ ।

अध्यक्ष ‘प्रचण्ड’ ले सरकार समृद्ध नेपाल र खुशी नेपाली बनाउने अभियानअनुसार विकास र समृृद्धिको उद्देश्यअनुरुप काम गरिरहेको बताउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ