नेकपाका प्रवक्ता प्रकाण्डको सुनुवाई भोलिका लागि सर्यो

नेकपाका प्रवक्ता प्रकाण्डको सुनुवाई भोलिका लागि सर्यो

  • बिहिबार, साउन ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 26.5K
    SHARES

३१ साउन, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वश्कर्मा ‘प्रकाण्ड’लाई थुनामुक्ता गर्न माग गर्दै परेको रिटमाथिको सर्वोच्च अदालतमा आज हुने भनिएको सुनुवाई स्थागित भएको छ ।

साउन २२ गते गिरफ्तार गरी महानगरीय प्रहरी परिसर टेकु हिरासतमा राखिएका प्रवक्ता प्रकाण्डसहित हरिचन्द्र आचार्य र सुनुवाईका लागि आज दिउँसो १२ बजे सर्वोच्च अदालतमा उपस्थित गरिएको थियो ।

रिटका विपक्षीहरुले लिखित जवाफ पठाउन ढिलाई गरेपछि भोलि शुक्रबार बिहान १० बजे तीनै जना बन्दीलाई उपस्थित गराउने गरी हजिर गराई पठाएको सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए ।

प्रकाण्डसहित तीन जनालाई राज्यले गैरकानूनी तरिकाले गिरफ्तार गरी थुनामा राखेको जनाउँदै रिहाईको माग गर्दै प्रकाण्ड पुत्र नरेन्द्रबहादुर विकले साउन २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

दर्ता रिटमा साउन २८ गते सर्वोच्चका कामु प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले बन्दीहरुलाई लिखित जवाफसहित ४८ घण्टाभित्र उपस्थित गराउन नेपाल सरकार, गृहमन्त्रालय, काठमाडौं जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय काठमाडौंलगायत विपक्षीहरुको नाममा आदेश भएको थियो ।

फाइल तस्बीर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ