काठमाडौं, साउन ३१ ।
राष्टिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिइओमा नियुक्त सुशील ज्ञवालीले आज देखि कार्यभार सम्हाल्दै हुनुहुन्छ ।
केपि शर्मा ओली नेतृत्वको सरकारले उहाँलाई सिइओमा नियुक्त गरे पनि पछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले अयोग्य भन्दै सिइओबाट बर्खास्त गरेको थियो ।
तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नयाँ बनेको नेकपा नेतृत्वको सरकारले उहाँलाई पुनः सिइओमा नियुक्त गरेको हो ।
२०७२ बैशाखको भुकम्प प्रभावित हरुलाई राहत र पुर्नस्थापनका लागि गठन भएको प्राधिकरणमा सिइओ भने पाँच पटक फेरि सकेको छ । ८ लाख भूकम्पपीडित मध्ये हालसम्म २ लाख ६८ हजारको मात्रै घर पुनर्निर्माण भएको छ ।
यो कुल संख्याको करिब एक तिहाई संख्या मात्र हो । चरम राजनीतिक चपेटामा परेको सिइओ पद सरकार परिवर्तन भए सँगै नै सिइओ आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline