धरान, ३० साउन ।
नेपाल कम्युनिष्ट पार्टीले गिरफ्तारमा परेका केन्द्रिय सदस्य सहित चारै जना नेता तथा कार्यकर्ताको तत्काल रिहाईको माग गरेको छ ।
पार्टिका पोलिटब्युरो सदस्य तथा पुर्र्वि कमान्ड ईन्चार्ज बिरहिले आज विज्ञप्ति जारी गर्दै पार्टी केन्द्रीय सदस्य तथा सगरमाथा ब्युरो इन्चार्ज दिपेश राई, कोशी इन्चार्ज किरण राई, युवा नेताहरु चन्द्र बुढाथोकी, राकेशकिरणलाई तत्काल रिहा गर्न माग गर्नुभएको हो ।
साथै उहाले उतm गैरन्यायीक गिरफ्तारी को निन्दा तथा भत्र्सना गर्दै आफनो पार्टीका नेताकार्यकर्तालाई धैर्यता र दृढतापुर्वक आफ्नो–आफ्नो मोर्चामा पहल कदमी लिन समेत उहाले विज्ञप्ति मार्फग आग्रह गर्नुभएको छ ।
उहाले प्रतिक्रियावादी तानाशाही सरकारले राज्य आतंक ज्यादतीलाई तीव्र पार्दै लगेको भन्दै आफनो पार्टि सरकारको यस्तो रबैयाको बिरोध गर्न तयार रहेको बिज्ञप्तिमार्फत चेतावनी दिनुभएको छ ।
आफना पार्टिका कार्यकर्ता गिरफतार गर्दै व्यपतmा पार्ने सरकारको यस्को हर्कतले सरकारले देशलाई गृहयुद्धमा धकेल्न खोजेको उहाको भनाई छ । उहाँले उनीहरुलाई बिना सर्त तत्काल रिहा नगरे कडा संघर्षमा उत्रने चेतावनी दिदै त्यसको जिम्मेवार स्वयम सरकार हुने पनि चेतावनी दिनुभयो ।