प्रकाण्डलाई थप दुई दिन म्याद थप

प्रकाण्डलाई थप दुई दिन म्याद थप

  • बुधबार, साउन ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौं ३० साउन ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई थप दुई दिन म्याद थप गरीएको छ ।

जिल्ला अदालत काठमाडौंबाट आज पुन दुइदिनको म्याद थपिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिनुभएको छ ।

सर्वोच्च अदालतले गत सोमवार उहाँसहित तीन जनालाई ४८ घण्टा भित्र हिरासतमा राख्नुको कारण बन्दी सहित उपस्थित गर्न आदेश दिएको थियो ।

नरेन्द्रबहादुर सिंह विकले आइतवार सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको इजलासले यस्तो आदेश दिएको हो ।

गत २२ गते उहाँलाई महानगरीय प्रहरी परिसर काठमाडौंले गिरफतार गरेको थियो ।

त्यसपछि पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको थियो । आइतवार थप दुई दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौँले हिजो पुन एक दिनको म्याद थप गरेको थियो ।

साउन २२ गते साँझ काठमाडौँको दक्षिणकालीबाट प्रवक्ता प्रकाण्डसहित तीनजना प्रहरीले गिरफ्तार गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ