ओली-प्रचण्ड नेतृत्वको सत्तारुढ नेकपा विरुद्ध निर्वाचन आयोगमा उजुरी

ओली-प्रचण्ड नेतृत्वको सत्तारुढ नेकपा विरुद्ध निर्वाचन आयोगमा उजुरी

  • मङ्लबार, साउन २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाण्डौ, २९ साउन ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको दल दर्ता खारेज गर्न माग गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा निवेदन दिएको छ ।
केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको हो ।

तत्कालीन एमाले र तत्कालीन माओवादीबीच एकता भएपछि नयाँ पार्टीको नाम ने क पा राखेर निर्वाचन आयोगमा दर्ता गरिएको छ । दल दर्ता गरेदेखि नै बिरोध गर्दै आएका कट्टेलले अन्तत खारेजीको माग गर्दै उजुरी गर्नुभएको हो ।

कट्टेलले सत्तासिन दलले दल दर्ता सम्वन्धमा असंवैधानिक, गैह्रकानुनी काम गरेको बताउँदै आउनु भएको छ ।

अध्यक्षद्वय ओली र प्रचण्ड तथा धुम्बाराही र पेरिसडाँडास्थित नेकपाको कार्यालयविरुद्ध निर्वाचन आयोगमा उजुरी सरहको निवेदन पेश गरेको कट्टेलले जानकारी दिनुभयो ।
कट्टेल नेतृत्वको नेकपा निर्वाचन आयोगमा २०७० साउन २२ गते दर्ता भएको हो । भने ओली र प्रचण्ड नेतृत्वको नेकपाको निर्वाचन आयोगमा २०७५ जेठ २३ गते दर्ता भएको छ ।

कट्टेलले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा को संवैधानिक एवं कानुनी हकको हनन् भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा दर्ता बदर गर्न निर्वाचन आयोगसँग माग गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ