सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीर

सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीर

  • मङ्लबार, साउन २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडाँै, २९ साउन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउँदै आधारभूत तहका जनतालाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीर रहेको बताउनुभएको छ ।

इन्टरनेशनल ट्रेड युनियन कन्फ्ररिडेशन–एशिया प्यासेफिकद्वारा आज यहाँ आयोजित नेपालमा सामाजिक सुरक्षासम्बन्धी राष्ट्रिय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक सुरक्षा कार्यक्रमलाई बढीभन्दा बढी श्रमिकलाई समेट्ने गरी अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री विष्टले भन्नुभयो, “औपचारिक प्रतिष्ठान मात्र होइन, अनौपचारिक क्षेत्रमा ठूलो सङ्ख्यामा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने काम ज्यादै कष्टपूर्ण छ । सामाजिक सुरक्षा ऐनले केही व्यवस्था गरेको छ, अन्तर्राष्ट्रिय अभ्यासलाई समेत मनन गर्दै ऐनमा व्यवस्था गरिएका योजनाभन्दा थप क्षेत्रमा योजना निर्माण गर्न ध्यान दिनु आवश्यक छ ।”

रोजगारदाता, श्रमिक र तीनै तहका सरकारको समन्वयात्मक प्रयत्नमार्फत नै यस कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न सकिने उहाँको भनाइ थियो । दुई महिनाभित्र सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाउन सरकारले युद्धस्तरमा तयारी गरिरहेको जानकारी दिँदै मन्त्री विष्टले कार्यक्रमले आर्थिक, सामाजिक हिसाबले पछि परेको समुदायलाई सामाजिक न्याय दिलाउन महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो ।

श्रमिक र श्रमिकका आश्रित परिवारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने योजनाका साथ सरकारले तयारी अगाडि बढाएको जानकारी दिँदै उहाँले भन्नुभयो, “श्रमिक, आश्रित परिवारका सदस्य दुर्घटना वा बिरामी पर्दा तथा बेरोजगार हुँदा परिवारमा हुने आर्थिक क्षति न्यूनीकरण गर्न सिङ्गो परिवारलाई कार्यक्रमको दायरामा ल्याउन आवश्यक छ ।”

सामाजिक सुरक्षा कोषमा योगदान गर्दा मात्र श्रमिकले सामाजिक सुरक्षा कार्यक्रमबाट लाभ प्राप्त गर्ने र त्यो अवस्था रहेन भने श्रमिकले लाभबाट वञ्चित हुनुपर्ने चुनौती देखापरेको उल्लेख गर्दै उहाँले सामाजिक सुरक्षा क्षेत्रमा छरिएर रहेका सबै कार्यक्रमलाई एकीकृत गर्न एकीकृत ऐनको तर्जुमा गर्ने तयारीमा लागेको जानकारी दिनुभयो ।

कार्यक्रम लागू गर्ने सन्दर्भमा चाहिने प्राविधिक जनशक्ति, स्रोतसाधन, पर्याप्तता, चेतना, जागरण, भावना, सामाजिक जवाफदेही तथा उत्तरदायित्वको अभाव रहेको बताउँदै मन्त्री विष्टले रोजगारदाता, श्रमिक, सरकार र सबै पक्षको समन्वयमार्फत नै यसको प्रभावकारीरुपमा कार्यान्वयन हुने विश्वास गर्नुभयो ।

सामाजिक सुरक्षा कार्यक्रमलाई थप विस्तार र व्यवस्थित गर्दै लैजाने बताउँदै उहाँले भन्नुभयो, “कार्यक्रमले जनतालाई सम्मानजनक जीवनयापन गर्नका लागि आधार तयार गरेको छ, मानोवोचित जीवन बाँच्नका लागि आधार तयार गर्ने क्रममा कार्यक्रम महत्वपूर्ण जग बनेको छ ।”

सामाजिक सुरक्षाका क्षेत्रमा नेपालले शुरु गरेको कार्यक्रम, ऐन, नियम, छलफल पर्याप्त नभएको बताउँदै उहाँले नेपालको सन्दर्भमा नेपाली विशेषतामा आधारित रहेर नयाँ आयामबाट थप छलफल, बहस र अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो ।

सम्पूर्ण नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने, आधारभूत सेवामा सबै जनताको पहुँचलाई स्थापित गर्ने सरकारको चाहना भए पनि स्रोत साधनको अभावमा सरकारले त्यो समाथ्र्य प्राप्त गर्न नसकेको उल्लेख गर्दै मन्त्री विष्टले श्रमिक वर्गको आर्थिक, सामाजिक क्षेत्रमा केही राहत पु¥याउन संवैधानिक र कानूनी प्रावधानको व्यवस्था गरिएको बताउनुभयो ।

संविधानले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने विषयलाई प्रत्याभूति गरेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “श्रम ऐन, श्रम नियमावली, सामाजिक सुरक्षा ऐन पारित भइसकेको छ, सामाजिक सुरक्षा नियमावली केही दिनभित्र मन्त्रिपरिषद्बाट पारित हुनेछ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ