कर्मचारी नेता मन्त्रालयभित्रै उपसचिवमाथि जाइलागेपछि…

कर्मचारी नेता मन्त्रालयभित्रै उपसचिवमाथि जाइलागेपछि…

  • मङ्लबार, साउन २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, २९ साउन।

कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपातको प्रयास गरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यलाई उनले यस्तो प्रयास गरेका हुन्।

कुटपिटमा उत्रिएका भण्डारी शिक्षा विभागका अधिकृत हुन्। आफूनिकटका केही कर्मचारीको सरुवाको सूची लिएर भण्डारी आइतबार दिउँसो ४ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखामा पुगेका थिए। उनले शाखामा रहेका उपसचिव आचार्यलाई मैले दिएको कर्मचारीको सरुवाको सूचीअनुसार किन कर्मचारी सरुवा नगरेको भन्दै प्रश्न गरेका थिए।

जवाफमा उपसचिव आचार्यले ती सूचीअनुसारका सरुवा प्रक्रियामै रहेको र केही समय लाग्ने बताएपछि भण्डारी आचार्यमाथि जाइलागेको प्रत्यक्षदर्शी अन्य कर्मचारीले बताएका छन्। भण्डारीले आचार्यमाथि हातपातको प्रयास गर्दै कुर्सीटेबल तोडफोड गरेको प्रत्यक्षदर्शीले बताए। भण्डारीले आचार्यमाथि कुर्सी प्रहार गर्न खोजेपछि अर्का कर्मचारी नेता आरसी अधिकारीले रोकेका थिए।

भण्डारीले कोठामा रहेका गमलासमेत फुटाएका छन्। घटनापछि मन्त्रालय प्रशासनले प्रहरीलाई बोलाएको थियो। तर प्रहरी घटनास्थल पुग्नुअघि नै भण्डारी त्यहाँबाट बाहिरिइसकेका थिए। घटनापछि मन्त्रालयको प्रशासन शाखाका सबै कर्मचारी काम गर्न नसक्ने भन्दै सचिव दिनेशकुमार थपलियासमक्ष पुगेका थिए। थपलियाले आक्रमण गर्न खोज्ने कर्मचारीमाथि कारबाही हुने बताएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पनि मन्त्रालयभित्र आतंक मच्चाउने कर्मचारीलाई कारबाही गर्न मन्त्रालयको प्रशासनिक नेतृत्वलाई निर्देशन दिइसकेका छन्।

भण्डारीले भने समान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवामा देखाएको गलत रवैयाविरुद्ध आफूले खबरदारी मात्रै गरेको र कसैमाथि हातपात नगरेको दाबी गरेका छन्। कर्मचारीमाथि कुटपिट गर्ने, गालीबेइज्जती गर्ने र बद्नाम गराउने भन्ने संगठनको कुनै नीति नरहेको स्पष्ट पार्दै आइतबारको घटनामाथि संगठनले छानबिन गर्ने संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले बताए।अन्नपुर्ण पोष्टबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ