हत्या अभियुक्त राज्यमन्त्री शर्मा साधारण तारखेमा रिहा

हत्या अभियुक्त राज्यमन्त्री शर्मा साधारण तारखेमा रिहा

  • मङ्लबार, साउन २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

महोत्तरी, २९ साउन ।  सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई महोत्तरी जिल्ला अदालतमा साधारण तारखेमा रिहा गर्न आदेश दिएको छ ।

सोमबार बिहान अदालतमा उपस्थित भएपछि सोमबार दिनभर चलेको थुनछेकको बहसपछि अदालतले उनलाई साधारण तारेखमा छाड्ने रिहा गर्ने आदेश दिएको हो ।

महोत्तरी जिल्ला अदालत एक नम्बर बेन्चका न्यायाधीश ब्रजेश प्याकुरेलले यस्तो आदेश दिएका हुन् । राज्य मन्त्री शर्माको पक्षबाट तीनजना वकिलले बहस गरेका थिए । जिल्ला अदालत जलेश्वरका अनुसार अधिवक्ताहरु रमेशकुमार पाण्डे, ज्ञानेन्द्रलाल कर्ण र देवेन्द्र ठाकुरले मन्त्री शर्माको पक्षबाट बहस गर्दै साधारण तारेखमा रिहा गर्नुपर्ने जिकिर गरेका थिए ।

२०७२ भदौ २५ गते महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरका निरीक्षक विकको आन्दोलनकारीले महोत्तरी गाउँपालिकामा एम्बुलेन्सबाट थुतेर हत्या गरेका थिए । त्यही घटनाका प्रमुख दोषीकारुपमा शर्मा पनि मुछिएका थिए ।

विभिन्न सञ्चारमाध्यममा उनी फरार रहेको समाचार आएपछि अदालतमा हाजिर भएको उनले बताएका थिए । जिल्ला न्यायाधीश ब्रजेशकुमार पोखरेलसमक्ष निवेदन दिएर उनी हाजिर भएका थिए ।

शर्माका वकिल रमेशकुमार पाण्डेले सशस्त्र प्रहरी निरीक्षक हत्यामा उनको संलग्नबारे अदालतले ७० दिने म्यादीपूर्जी ९समन० समेत नपठाएकाले राज्यमन्त्री शर्मालाई घटनाबारे केही थाहा नरहेको जिकिर गरेका थिए । उनले पछि सञ्चारमाध्यममा उनको नाम आरोपीको सूचीमा रहेको जानकारी भएपछि आफैँ अदालतमा हाजिर भएको दाबी गरे ।

वकिल पाण्डेले जिल्ला प्रहरीले राज्यमन्त्री शर्माको म्यादी पूर्जी हराएकाले पठाउन नसकिएको अदालतलाई जानकारी दिएको बताए । पाण्डेका अनुसार अदालतको सम्मानका लागि आफैँ हाजिर भएका राज्यमन्त्री शर्माबारे बहस जारी छ ।-अन्नपुर्ण पोष्टबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ