प्रकाण्डलाई ४८ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चले दियो आदेश

प्रकाण्डलाई ४८ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चले दियो आदेश

  • सोमवार, साउन २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

२८ साउन, काठमाडौं ।

हिरासतमा राखिएका नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई ४८ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले सरकारको नाममा आदेश जारी गरेको छ ।

सरकारले गैरकानूनी रुपमा गिरफ्तार गरी मानसिक र शारीरिक यातना दिई थुनामा राखेको भन्दै त्यसविरुद्ध प्रकाण्डका छोरा नरेन्द्र विकले प्रकाण्डसहित तीन जनालाई नेता–कार्यकर्तालाई थुनामुक्त गर्न माग गर्दै आइतबार सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कायममुकायम प्रधानन्यायधीश ओमप्रकाश मिश्रको एकल इजलासले सरकारलाई सोमबार सो आदेश दिएको छ ।
प्रकाण्डसँगै गिरफ्तार गरिएका नेकपाका कार्यकर्ता हरिचन्द्र आचार्य र मानबहादुर श्रेष्ठलाई पनि सोही रिटको आधारमा सँगै सर्वोच्चमा उपस्थित गराउन आदेश भएको छ ।

प्रकाण्डसहित तीन जनालाई पार्टी कामको सिलसिला उपत्यकाबाहिरबाट गाडीमा काठमाडौं आउँदै गर्दा प्रहरीले साउन २२ गते चोभारबाट गिरफ्तार गरेको थियो ।

गिरफ्तारपछि करिब १५ घण्टासम्म आँखामा कालो पट्टी बाँधेर बेपत्ता पारिएको र २३ गते ३ बजे मात्र म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

त्यस्तै नेकपाका कार्यकर्ता दोलखाका प्रमेश दर्नाललाई गैरन्यायिक तरिकाले गिरफ्तार गरी थुनामा राखिएको भन्दै त्यसविरुद्ध आजै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । दर्नालाई शनिबार काठमाडौंबाट कोठामा बसिरहेको बेला प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रकाण्डलगायत नेकपाका पोलिटब्यूरो सदस्यय ओम प्रकाश पुन, पदमराई, मोहन कार्की, कृष्ण धमला, केन्द्रीय सदस्य देवनारायणा शाहलगायत दर्जनौं नेता कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरी सरकारले झुठा मुद्दा लगाइएको, चरम रुपमा मानसिक र शारीरिक यातना दिइएको भन्दै रोक्न र सबैलाई निसर्त रिहाईको माग गर्दै नेकपामा महासचिवले एक प्रेस विज्ञप्ति जारी गरेर भोलि साउन २९ गते नेपाल बन्दको घोषणा गरेका छन् । नेकपामाथि सरकारमा रहेका दलहरुले प्रतिशोध साँधेको नेकपाकाे तर्क छ ।

भोलिको नेपाल बन्द सफल पार्न भन्दै आँझै साँझ देशभर मसाल जुलुस निकाल्ने कार्यक्रम समेत तय भएको नेकपाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ