आज उपभोक्ता संरक्षण विद्येयक टेवल हुँदै

आज उपभोक्ता संरक्षण विद्येयक टेवल हुँदै

  • सोमवार, साउन २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, साउन २८ ।
प्रभावकारी कानून नहुँदा बजारमा सर्वसाधरण ठगिएको गुनासो बढिरहँदा सरकारले संसदमा आज उपभोक्ता संरक्षण विद्येयक टेवल गर्दैछ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले उपभोक्ता संरक्षण विद्येयक दिउसो १ वजे पछि वस्ने प्रतिनिधीसभाको वैठकमा प्रस्तुत गर्न लाग्नुभएको हो ।

यसअघि उपभोक्ता संरक्षण ऐन २०५४ र नियमावली ५६ अनुसार बजार अनुगमन गरेपनि कालोवजारी र अनियमितता गर्नेलाई कारवाही गर्न नसकिएपछि सरकारले संशोधन गरेको हो ।

सरकाले लामो समयदेखि बजार अनुगमन गर्दै आएको छ तर प्रभावकारी परिणाम आउन सकेको छैन । बजार अनुगमनमा जाने कर्मचारीलाई पुर्ण अधिकार, स्थलगत कारवाही, जरिवाना रकम वृद्धि लगायतका विषयलाई प्राथमिकतामा राखेर विद्येयक बनाईएको मन्त्रालयका सचिव चन्द्र घिमिरेले जानकारी दिनुभयो ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका प्रवक्ता ढुण्डीराज पोखरेलले बजार अनुगमन नियमित भएपनि कानून फितलो भएपछि अहिलेसम्म परिणाम आउन नसकेको स्वीकार गर्नुभयो ।
सरकारले संसदमा टेवल गर्न लागेको विद्येयक प्रति नेपाल चेम्वर अफ कमर्शले भने आपत्ति जनाएको छ । निजी क्षेत्रसंग प्रत्यक्ष जोडिएको विषयमा आफुहरुसंग सल्लाह नै नगरि व्यवसायिक बाताबरणमा खलल र्पुयाउने गरि विद्येयक ल्याएको चेम्वरले आरोप लगाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ