प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्दै

प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्दै

  • सोमवार, साउन २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

हेटौडा, साउन २८ ।
गत साउन ३ गते देखि स्थगित प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्दैछ ।

राजधानी सम्भ्याव्यता अध्ययन समिति बनाउने सभाको निर्णयविरुद्ध उच्च अदालत पाटनको हेटौंडास्थित इजलासमा रिट दायर भएपछि स्थगित गरिएको बैठक २५ दिन पछि आजका लागि बोलाइएको हो । आजको बैठकमा राजधानीबारेको प्रतिवेदन भने पेश नहुने सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो ।

बैठकमा मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवाको सर्त सम्बन्धी बनेको विधेयक, प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन विद्येयक, प्रदेशसभा सचिवालयको व्यवस्थापन सम्बन्धि विधेयक र प्रदेश प्रशासनिक कार्य्विधि विधेयक पेश गरिने सम्भावित कार्यसूची रहेको सभामुख श्रेष्ठले बताउनुभयो ।

प्रदेशसभाका पदाधिकारीको पारिश्रमिक तथा सुविधा विधेयकमाथि कार्यव्यवस्था परामर्श समितिको बैठकममा दफाबार छलफल भएपनि आजको प्रदेशसभा बैठकमा भने प्रस्तुत नहुने भएको छ ।

गत असार ४ गते नै सो सम्बन्धि निर्णय गरिएपनि सरकार सो निर्णयप्रति सकारात्मक नभएको भन्दै सो विधेयक पेश गर्न आलटाल भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ