प्रकाण्डलार्इ गैरकानुनी रुपमा थुनामा राखिकाे भन्दै सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन, औषधिसमेत सेवन गर्न नदिएको उल्लेख

प्रकाण्डलार्इ गैरकानुनी रुपमा थुनामा राखिकाे भन्दै सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन, औषधिसमेत सेवन गर्न नदिएको उल्लेख

  • आइतवार, साउन २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौँ, २७ असार । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालार्इ गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन परेकेा छ ।
प्रकाण्डका छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले आफ्नो बाबुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै अाज सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका छन् ।

उनले गृहमन्त्रालय र मन्त्री, काठमाडौं जिल्ला अदालत, प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसर तथा त्यसका प्रमुखविरुद्ध अदालतमा निवेदन दर्ता गराएका हुन् । यस्तै प्रकाणडसहित नेकपाका नेताहरु हरिचन्द्र आचार्य, मनबहादुर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको दाबी गरेका हुन् । मनबहादुर सवारीचालक हुन् ।
प्रहरीले आफ्ना बुबालाई पक्राउ गरेपछि औषधिसमेत सेवन गर्न नदिएको, हातमा हत्कडी लगाएर निकृष्ट व्यवहार गरिएको र आँखामा पट्टी बाँधी शारीरिक तथा मानसिक यातना दिएको दाबी गरेका छन् । राजनीतिक पूर्वाग्रहको आधारमा गृहमन्त्रीको आदेशमा आफ्ना बाबुलाई पक्राउ गरिएको निवेदकको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ