प्रकाण्डलार्इ भेट्न प्रहरी हिरासतमै पुगे बाबुराम भट्टरार्इ, हत्कडी लगाउनु अमानवीय हर्कत

प्रकाण्डलार्इ भेट्न प्रहरी हिरासतमै पुगे बाबुराम भट्टरार्इ, हत्कडी लगाउनु अमानवीय हर्कत

  • आइतवार, साउन २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

२७ साउन, काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले गिरफ्तार गरी हिरासतमा राखिएका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई हत्कडी लगाउनु सरकारको फासीवादी चरित्र भएको बताएका छन् ।

आइतबार महानगरी प्रहरी परिसर टेकु हिरासतमा पुगेर प्रकाण्डसँग भेट गर्दै संयोजक डा. भट्टराइले सरकार आफ्नै गल्तीले दिनदिनै ओरालो लागेको र अब जनताले धेरैदिन थेगेर राख्न नसक्ने चेतावनी दिए । नेकपाले राजनीतिक कार्यक्रम र गितविधि गर्दै आइरहेको र राज्यले पनि राजनीतिक हिसाबले हल खोज्नुपर्ने भेटका क्रममा बताए ।

मन्त्री भइसकेका प्रकाण्डलाई प्रहरीले अपराधीलाई झैं हतकडी लगाएको भन्दै भेटमै विरोध गरेका थिए । साथै प्रकाण्डलगायत गिरफ्तार सबैसँग मानवीय र राजनीतिक नेताको रुपमा व्यवहार गर्न प्रहरी प्रशानसँग आग्रह गरे । भेटपछि दुई जनाबीच करिब झण्डै पन्ध्र मिनेट कुराकानी भएको र राजनीतिक मान्छेलाई गैरराजनीतिक मुद्दा लगाउने कोशिस सरकारबाट भएकोले यसको विरोध गर्न सबैसँग आग्रह गरिने डा. भट्टराई बताएका थिए ।

‘सरकारले प्रकाण्डमाथि हत्कडी लगाएर घोर अमानवीय व्यवहार गरेको छ, यसप्रति आपत्ति जनाउँदछु । उहाँमाथि अपराधीलाई जसरी गैरराजनीतिक विषयसँग जोडेर मुद्दा बनाउनु राजनीतिक प्रतिशोध बाहेक अन्य केही हुन सक्दैन’ डा. भट्टराईको भनाई उद्दृत गर्दै भने ‘उहाँमाथिको अभियोग फिर्ता लिएर बिनासर्त तत्काल रिहा गर्नुपर्छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ