२७ साउन, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले थप २ दिन म्याद गरेको छ ।
प्रहरीले अनुसन्धानका लागि भन्दै १५ दिनको म्याद थप गर्न माग गरेकोमा अदालतले २ दिन मात्र म्याद थप गरेको हो ।
उनीसँगै म्याद थपका लागि अदालत उपस्थित गराइएका उनका सहयोगी हरिचन्द्र आचार्य र गाडी चालक मनबहादुर श्रेष्ठलाई भने ३ दिन म्याद थप गरेको छ । उनीहरुलाई म्याद थप गरेको यो दोस्रोपटक हो । साउन २२ गते गिरफ्तार तीनै जनालाई २३ गते सोही अदालतले पाँच म्यादको अनुमति दिएको थियो ।
साथै शनिबार मात्र काठमाडौंबाट गिरफ्र्तार गरिएका पर्यटन व्यवसायी प्रमेश दर्नाललाई पनि ३ दिनको म्याद थप गरेको छ । प्रहरीले अाज अदालत परिसरमा संचारकर्मीहरुलाई प्रकाण्डसँग प्रतिक्रिया समेत दिन दिएनन् ।
चारै जनालाई टेकु प्रहरी परिसरको हिरासतमा लगिएको छ । उनीहरुमाथि चन्दा अभियाेग लगाइएको छ ।