२७ साउन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई दोस्रोपटक म्याद थप गर्न अहिले केहीबेरमै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।
साउन २२ गते गिरफ्तार गरी टेकु प्रहरी परिसरको हिरासतमा राखिएका नेकपाका स्थायी समिति सदस्य समेत रहेका प्रवक्ता प्रकाण्डलाई थप अनुसन्धानका लागि भन्दै म्याद थप गर्न लागेको प्रहरीले स्रोतले बतयो ।
प्रकाण्डसँगै गिरफ्तार गरी सोही हिरासतमा राखिएका सहयोगी हरिचन्द्र आचार्य र गाडी चालक मनबहादुर श्रेष्ठलाई पनि आजै म्याद थप गर्न सोही अदालतमा उपस्थित गराइँदैछ ।
तीनै जनामाथि ‘जबर्जस्त चन्दा उठाएको’ आरोपमा लगाइएको छ । पार्टीको नियमित कामको सिलसिलामा गाडी चढेर हेटौँडाबाट
काठमाडौं फर्कदै गरेको अवस्थामा गाडीसहित उनीहरुलाई काठमाडौंको चोभारबाट गिरफ्तार गरिएको थियो ।
तर प्रकाण्डले राज्यले आफूहरुलाई बिनाकारण गिरफ्तार गरेको र गिरफ्तारपछि मात्र ‘जबर्जस्त चन्दा लिएको’ अभियोग लगाएको बताउँदै अभियोग अस्वीकार गर्दै आइरहेका छन् । उले प्रकाण्ड चन्दा लिएको एकजना मात्र मान्छे देखाउन सरकारलाई चुनौति दिँदै आएका छन् ।