प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै

  • आइतवार, साउन २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, साउन २७ ।
करिब एक साता लामो समय सम्म स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सरकारले विजनेस दिन नसकेपछि गत सोमबार बसेको बैठक आज सम्मका लागि स्थगित भएको थियो ।

आजको बैठकमा संसद सचिवालयमा दर्ता भएको थप दुई विधेयक परिपक्क भए पछि सरकारले टेवुल गर्न लागिएको संघीय संसद सचिवालयले जनाएको छ । बैठक दिउसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले निवृत्तिभरण कोष विधेयक र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उपभोक्ता संरक्षण विधेयक टेबुल गर्नु हुने कार्यक्रम छ ।

राज्य व्यवस्था तथा सुशासन समितिले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूचि रहेका संसद सचिवालयले जनाएको छ ।

उक्त विधयेक गत सोमबारको प्रतिनिधिसभाको बैठकले दफाबार छलफलका लागि समितिमा पठाएको थियो । सोही समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, लेखा परिक्षण विधेयक तथा विमा विधयेक पनि दफावार छलफलक लागि पठाएको थियो ।

यसैबीच अर्थ समितिको बैठक आज बस्दैछ । विहान १० बजे पछि बस्ने बैठकमा अर्थ मन्त्रालयल, राष्ट्रिय प्रकृति स्रोत तथा वृत्त आयोग र लगानी बोर्डको कामकारबाही बारे छलफल हुने छ ।

यस्तै राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि आज बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रशासकीय अदालत सम्बन्धमा व्यवस्था गर्न विधयेकमाथि दफाबार छलफल गर्ने कार्यतालिका छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ