कि हुन सकेन संसदीय समितिहरुमा नेतृत्व चयन ?

कि हुन सकेन संसदीय समितिहरुमा नेतृत्व चयन ?

  • शनिबार, साउन २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, २६ साउन ।

सत्तारुढ र विपक्षी दलबीच कुरा नमिल्दा संसदीय समितिहरुमा अझै नेतृत्व चयन हुन सकेको छैन ।

प्रतिनिधिसभाका विषयत १० र विशेष ३ समितिमध्ये प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अहिले पनि ४ वटा समितिको नेतृत्व दाबी गरिरहेको छ । तर सत्तारुढ दल कांग्रेसलाई सार्वजनिक लेखा समिति बाहेक अन्यको नेतृत्व दिन तयार देखिएको छैन ।

काग्रेसले सबै पक्षले अपनत्व महसुस गर्ने गरी संसदीय समितहरुमा हुने निर्णयलाई प्रभावकारी बनाउन विपक्षी दललाई समितिको नेतृत्व दिनुभपर्ने बताउदै आएको छ ।

समितिको नेतृत्वमा कुरा नमिलेका कारण नै लामो समयसम्म समितिमा बस्ने सदस्यको नाम समेत नदिएको कांग्रेसले केही दिनअघि नाम दिएपछि अहिले सबै समिति गठन भइसकेका छन् ।

ज्येष्ठ सदस्यको अध्यक्षतामा समितिहरुको बैठक बस्न सुरु गरेपनि एजेण्डा स्थापित हुने गरी भने बैठकहरु बस्न सकेका छैनन् ।

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले पोजिसन बनाउने ढंगबाट भन्दा पनि सहमतिबाटै समितिको नेतृत्व चयन हुनेमा आफूहरु आशावादी रहेको बताउनु भयो ।

उता सत्तारुढ दल पनि संसदीय समितिको नेतृत्व सकभर सहमतिबाटै गर्ने पक्षमा रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद पम्फा भुषालले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ