होटल अन्नपूर्णकी संचालिका राणा भन्छिन्- नेकपाले हामीसँग चन्दा मागेको छैन

होटल अन्नपूर्णकी संचालिका राणा भन्छिन्- नेकपाले हामीसँग चन्दा मागेको छैन

  • शनिबार, साउन २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.4K
    SHARES

२६ साउन, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीले आफूसँग कहिल्यै चन्दा माग नगरेको होटल अन्नपूर्णकी संचालिका श्रृजना राणाले बताएकी छन् ।
चन्दा अभियोग लगाएर यही साउन २२ गते साँझ काठमाडौंको चोभारबाट गिरफ्तार गरिएको नेकपाका प्रवक्ता प्रकाण्डसँग जोडेर केही दिनदेखि लगातार समाचार सार्वजनिक भइरहेको सन्दर्भमा दरबारमार्गमा अवस्थित उक्त होटल अन्नपूर्णकी संचालिका राणाले होटल वा आफूसँग नेकपाले कुनै किसिमका चन्दा वा सहयोग नमागेको प्रष्टिकरण दिएकी हुन् ।
आफू उक्त होटलको संचालक रहेको र अहिलेसम्म नेकपाले चन्दा–सहयोग केही नमागेको र पार्टीसँग सम्बन्धित रहेर कुनै प्रकारको चिठी–पत्र नआएको बताइन् । होटल अन्नपूर्णसँग नेकपाले जबर्जस्त चन्दा लिएको खबर प्रहरीलाई संचालिका राणाले दिएको समाचारहरु आउन थालेपछि उनको उक्त भनाई आएको हो ।
मिर्मिरे अनलाइनसँग कुरा कानी गर्दै संचालिका राणाले गिरफ्तार प्रकाण्डसँग चिनजानै नभएको र नेकपासँग कुनै तरिकाको सम्बन्ध नरहेको जानकारी दिइन् । ‘नेकपालाई चन्दा दिएको भनेर मेरो नाम जोडिएर आएको देख्दा म चकित परेकी छु’ उनले भनिन् ‘आफूले गर्दै नगरेको कामलाई गरेको भनेर समाचार निरन्तर आएको देखेर मलाई ठूलो दुःख लागेको छ ।’
गिरफ्तार परेका कसैसँग आफ्नो चिनाजान नभएको पनि उनले दाबी गरिन् । ‘म आफ्नो पेशामा छु, व्यवसाय गरिरहेकी छ । प्रकाण्ड नाम समाचारहरुमा सुनेपढेको हुँ । उहाँलाई म चिन्दा त चिन्दिनँ, चन्दा मागेको भनेर म कसरी भन्न सकुँला ?’ राणाले भनिन् ‘अनि कसरी उहाँको गिरफ्तारी र अभियोगसँग मेरो नाम जोड्न मिल्छ ?’
समाचारहरुमा जेजे छापिए पनि आफूलाई एकदिन सत्यले न्याय दिने विश्वास लिएको उनले बताइन् । अनावश्यक विषयसँग जोडेर बारम्बार समाचार आएकै कारण आफू मुख खोल्न बाध्य भएको उनको भनाई छ । ‘पार्टीलाई चन्दा दिन सक्ने हैसियतका मान्छे हुँ र म ?’ उनले भनिन् ।
प्रहरीले भने हिरासतमा राखिएका नेकपाका स्थायी समिति सदस्य समेत रहेका प्रवक्ता प्रकाण्डलाई ‘जबर्जस्त चन्दा संकलन’ अभियोग लगाइएको छ । प्रकाण्डलाई अहिले टेकु प्रहरी हिरासतमा राखिएको छ ।

 

यो पनि पढ्नुहोस् ।

होटल अन्नपूर्णसँग चन्दा मागेको प्रचार भ्रामक र कपोल्कल्पितः प्रकाण्ड,यस्तो छ वास्तविकता

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ