२६ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका नेता प्रेम दर्नालको कोठामा प्रहरीले छापा मारेको छ ।
नेकपाको व्युरो सदस्य समेत रहेको दर्नालको सानेपास्थित कोठमा आज बिहान ८ बजेतिर प्रहरीले छापा मारेको हो । प्रहरीले प्रेमका भाई प्रमेश दर्नालालाई गिरफ्तार गरेको छ ।
प्रमेश नेकपाको कुनै पनि कमिटीमा छैनन् । उनी पर्यटन ब्यावसायी हुन् ।
प्रहरीले प्रमेशलाई कहाँ लग्यो भन्ने कुनै जानकारी नभएको परिवारिक स्रोतले बताएको छ ।
घरमा खानतलासि गर्ने क्रममा सरसामान तथा लत्ताकपडा जथाभावि फालेर साना बालबालिकाहरुलाई मानसिक यातना समेत दिएको जनाईएको छ ।
प्रमेशले चड्ने गरेको एउटा नीजि सवारी समेत प्रहरीले लगेको जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline