प्रकाण्डसहितका नेताहरूकाे गिरफ्तारि बिरूद्व देशव्यापी कोणसभा, तत्काल रिहा नगरे अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने चेतावनी

प्रकाण्डसहितका नेताहरूकाे गिरफ्तारि बिरूद्व देशव्यापी कोणसभा, तत्काल रिहा नगरे अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने चेतावनी

  • शुक्रबार, साउन २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ, २५ साउन । सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई बिनाकारण गिरफ्तार गरेको भन्दै विरोध स्वरुप देशव्यापी कोणसभा सम्पन्न भएको छ ।

उक्त पार्टीले घोषणा गरेको केन्द्रीय कार्यक्रम अन्तर्गत आज देशव्यापी कोणसभा कार्यक्रम भएको हो । यसैबीच नेकपा निकट अखिल (क्रान्तिकारी)ले काठमाडौँमा रहेको त्रिचन्द्र क्याम्पसमा पार्टीका प्रवक्ता प्रकाण्डलगायत नेताहरुलाई बिनासर्त रिहाइको माग गर्दै कोणसभा सम्पन्न गरेको छ ।

कार्यक्रममा अखिल क्रान्तिकारी) क्याम्पस जिल्लाका अध्यक्ष उशाकिरण आजदलगायत नेतारुले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डलगायत नेतहरुलाई तत्काल बिनासर्त रिहा नगरे अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने चेतावनी पनि दिएका छन् ।

साथै, उनीहरुले जनगणतन्त्र स्थापना गर्न, जनजीवीकाको पक्ष अगाडि बढनु भएका नेताहरुलाई यसरी हतकडी लगाउनुमा सरकार नेपाली जनताको हितमा नभएको कुरा बताएका थिए ।

उक्त पार्टीले कोणसभा देखि नेपाल बन्द सम्मको कार्यक्रम घोषणा गरिसकेको छ । प्रकाण्डसहित तीन जनालाई बुधबारै पाँच दिनको म्याद थप गरेर अनुसन्धान गर्न भनी टेकु प्रहरी हिरासतमा राखिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ