सत्ताधारी नेताहरूद्वारा बादलको आलोचनाः ‘जसको बलिदानीले गणतन्त्र आयो, उनैलाई हत्कडी भिराउनु न्यायोचित होइन’

सत्ताधारी नेताहरूद्वारा बादलको आलोचनाः ‘जसको बलिदानीले गणतन्त्र आयो, उनैलाई हत्कडी भिराउनु न्यायोचित होइन’

  • शुक्रबार, साउन २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाडौँ, २५ साउन । नेकपाका प्रवक्ता प्रकाण्डलार्इ प्रहरीले गिरफ्तार गरेपछि सत्ताधारी नेकपाका नेताहरूले साे कार्यकाे विराेध गरेका छन् ।
सत्ताधारी नेकपाका पूराना नेता एवं पूर्व शिक्षा मन्त्री डी अार पाैडेले सामाजिक संजालबाट नेकपाका प्रवक्ताकाे गिरफ्तारीकाे विराेध गरेका छन् । पाैडेलसहित साेही पार्टीका केन्द्रीय सदस्य एवं वाइसिएलका अध्यक्ष रामप्रसाद सापकाेटा दीपशिखाले पनि सामाजि संजाल फेसबुकबाट प्रकाण्डकाे गिरफ्तारीकाे विराेध गरेका छन् । सामाजिक संजाल फेसबुकमा ‘बादल गृहमंत्री ! प्रकाण्डको हातमा हत्कडी ?’ शीर्षकमा स्टाटस लेख्दै सत्ताधारी नेकपा नेता पाैडेले नेता प्रकाण्डलार्इ गरिएकाे गिरफ्तारीकाे अाेली सरकारकाे निन्दनीय कार्य भनेका छन्

नेकपाले अझै युद्धकाे घाेषणा नगरिसकेकाे बेला पूर्व मन्त्री समेत रहेका प्रकाण्डलार्इ हत्कडी लगाउनु पर्ने बेला नभएकाे भन्दै पाैडेलले राजनीतिक समस्याकाे समाधान राजनीतिक हुनुपर्ने अाैल्याएका छन् ।
यसैगरी सत्ताधारी नेकपाका केन्द्रीय सदस्य रामप्रसाद सापकाेटा दीपशिखाले पनि फेसबुकमा स्टाटस लेख्दै नेकपाका प्रवक्ता प्रकाण्डलार्इ गिरफ्तार गर्नु राजनीतिक समाधान नभएकाे बताएका छन् ।

नेता पाैडेलले ‘बादल गृहमंत्री ! प्रकाण्डको हातमा हत्कडी ?’ शीर्षकमा लेख्छन् –
• यो दृश्य देख्दा गृहमंत्री कमरेडको मनमा कस्तो भाव पैदा भए होला ?
• वैचारिक निकटता, वर्गसंघर्षको जटिलता, वर्गपक्षधरता र मानवाधिकारको कोणबाट पनि यो कार्य आजको सन्दर्भमा निन्दनीय हो ।
• प्रतिशोधपूर्ण आरोप लगाएर गिरफ्तार गरिएका पुर्व मंत्री र एउटा राजनैतिक पार्टीका जिम्मेवार नेतालाई कुनै पनि हिसावले हत्कडी लाउनुपर्ने समय यो होइन ।
• प्रकाण्डले आँखामा पट्टी बाँधेर शारीरिक र मानसिक यातना दिनुपर्ने स्तरको अपराध गरेका थिएनन् न त उनको पार्टीले नै ०५२ मा जस्तो राज्यसत्ताका विरुद्ध युद्धको घोषणा गरेको थियो ।
• नेकपाको नीति, विचार, सिद्धान्त र कार्यक्रम यतिबेला राज्यको लागि समस्या हुन सक्छ । त्यो राजनैतिक समस्या हो । राजनैतिक रुपले मात्र राजनैतिक समस्याको समाधान गर्न सकिन्छ ।
• अत: क. प्रकाण्डलाई विना शर्त रिहाइ गर सरकार !

उता, प्रकाण्ड’ पक्राउ परेपछि उनको गृहजिल्ला कालिकोटमा विरोध सुरु भएको छ ।

नरहरिनाथ गाँउपालिका माल्कोटमा जन्मो नेकपाका प्रवक्ता प्रकाण्ड पक्राउ परेपछि जिल्लाका स्थानीय नागरिक, सत्तरुढ र प्रतिपक्षी दलका नेता र तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित स्थानीय सरकारका प्रमूखहरुलेसमेत विरोध जनाएका हुन् ।

पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, पचालझरना गाँउपालिका अध्यक्ष खड्गराज सेजुवाल र तिलागुफा नगर प्रमूख रतनबहादुर शाहीले सामाजिक सञल फेसबुकमार्फत प्रकाण्डको पक्राउको विरोध गरेका हुन् ।

तीनैजना तत्कालीन नेकपा माओवादी केन्द्रबाट गाँउपालिकामा विजयी भएका हुन् । पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले प्रकाण्डको फोटो राखेर कडा प्रतिक्रिया दिएका छन् । ‘दुला भित्रको सर्पसँग जिस्किँदा राम्रो प्रतिक्रिया कुनै कालखण्डमा देखिएकै छैन’, उनले लेखेका छन्, ‘विनाशर्त रिहा गरेकै राम्रो ।’

तिलागुफा नगर प्रमूख रतनबहादुर शाहीले दमनले विस्फोट हुन्छ भन्ने कुरा सरकारले बुझ्नुपर्छ भन्दै सरकारलाई चेतावनी दिएका छन् । उनी पनि नेकपा माओवादी केन्द्रबाटै नगर प्रमुखमा बिजयी भएका हुन् ।

यस्तै पचालझरना गाँउपालिका अध्यक्ष खड्गराज सेजुवालले पनि आफ्नो यो यो कामले सरकारबारे राम्रो संकेत नदिएको बताएका छन् । ‘यो राम्रो संकेत होइन, बिनाशर्त रिहा गरियोस ।’

उनले पनि प्रकाण्डलाई पक्राउ गरेर सरकारले राम्रो काम नगरेको प्रतिक्रिया दिएका छन् । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कालिकोटमा सहसचिव दमनबहादुर शाही र सत्तापक्षकै नेकपा कालिकोटका नेता दुर्गाप्रसाद काफ्ले लगायतका अन्य नेताले पनि प्रकाण्ड पत्राउको विरोध जनाएका छन् ।

नेपाली कांग्रेस कालिकोटका सहसचिव शाहीले सरकारको शक्ति यी नेताको गिरफ्तारीसित झुक्नुनै हो भनेका छन् । यस्तै सत्ताधारी नेकपा कालिकोटका नेता दुर्गाप्रसाद काफ्लेले प्रकाण्ड कुनै नाम मात्रै नभइ यो दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको प्रतीक भएको बताएका छन् ।

दुई भाइ र एउटी बहिनी गुमाएर पनि निरन्तर राजनीतिमा सक्रिय प्रकाण्डको गिरफ्तारीविरुद्ध जिल्लाका नेता एकै ठाउँ उभिएका हुन् । ‘जसको बलिदानीले गणतन्त्र आयो, उनैलाई हत्कडी भिराउनु न्यायोचित होइन’, नेताहरुले भनेका छन्, ‘सरकारले बिनासर्त रिहा गर्नुपर्छ  ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ